मुख्य समाचार
मलेसिया सरकारले श्रमिक पठाउने देशका म्यानपावर कम्पनीका लागि १० वटा मापदण्ड तोकेको छ
मलेसिया सरकारले श्रमिक पठाउने देशका म्यानपावर कम्पनीका लागि १० वटा मापदण्ड तोकेको छ

। मलेसिया सरकारले श्रमिक पठाउने देशका म्यानपावर कम्पनीका लागि १० वटा मापदण्ड तोकेको छ ।

मलेसियाले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका कम्पनीका लागि मापदण्ड तोकेको हो । ती मापदण्ड पूरा गरेका कम्पनीले पठाएका कामदार मात्रै लिने गरी मापदण्ड तय गरेको हो ।

मादपण्डका विषयमा मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचार गरेर जानकारी गराएको छ । दूतावासले सोही अनुसार जानकारी नेपाल सरकारलाई गराएको छ ।

मलेसियाको मानव संसाधन मन्त्रालयले १५ नोभेम्बर २०२५ भित्र म्यानपावर कम्पनीहरूको विवरण पठाउन अनुरोध गरेको छ ।

त्यसरी तोकिएका मापदण्डमा इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको हुनुपर्ने, विगत तीन वर्षमा ३ हजार श्रमिक पठाएको रेकर्ड हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको अनुभव हुनुपर्ने, कम्तीमा १० हजार वर्गफिट स्थायी कार्यालय रहेको र तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने छ ।

त्यस्तै नैतिक पेसागत प्रमाणपत्र (गुड कन्डक्ट सर्टिफिकेट) तथा वैध इजाजतपत्र र कानुनी सञ्चालनको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने, अन्तर्राष्ट्रिय रोजगारदाताबाट पाँच लिखित प्रशंसापत्र (टेस्टिमोनियल) हासिल गरेको हुनुपर्ने, स्वप्रशिक्षण तथा मूल्यांकन केन्द्र चलाउने र आवास सुविधा सहितको व्यवस्था हुनुपर्ने मापदण्ड तोकेको हो ।

त्यहाँको मन्त्रालयले पाँच देशका दूतावासलाई एकै खालको पत्र पठाउँदै ती मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीको विवरण बुझाउन अनुरोध गरेको हो ।

‘मलेसियाको परराष्ट्र मन्त्रालयले नेपाल सरकारलाई अनुरोध गर्दछ कि तोकिएका मापदण्ड पूरा गर्ने अनुमति प्राप्त निजी वैदेशिक रोजगार एजेन्सीहरूको सूची १५ नोभेम्बर २०२५ भित्र मानव संसाधन मन्त्रालयमा समीक्षा तथा छानबिनका लागि पठाइदिनुहोस्, अधुरा आवेदन वा मापदण्ड पूरा नगर्ने आवेदन विचार गरिने छैनन् भन्ने कुरा कृपया ध्यान दिनुहोस्,’ पत्रमा छ, ‘मन्त्रालय विश्वस्त छ कि यो नीतिले दुई देशबीचको रचनात्मक र नैतिक श्रम आप्रवासन अभ्यास सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।’

यसबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आधिकारिक जानकारी भने आइसकेको छैन । परराष्ट्र मन्त्रालय मार्फत औपचारिक जानकारी आएपछि सोही अनुसार धारणा तय गरिने मन्त्रालयले जनाएको छ ।

मलेसियामा सिन्डिकेट लागु गराउन लामो समयदेखि नै सीमित म्यानपावर व्यवसायी लाग्दै आएका थिए । अहिले भने सरकार कमजोर तथा विभागीय मन्त्री नभएको अवस्थामा सिन्डिकेटधारीको बलमा यस्तो खालको मापदण्ड तय गरिएको अन्य व्यवसायीहरूको आरोप छ ।



मलेसियाले डेढ वर्षदेखि नेपाल सहित स्रोत देशबाट आंशिक रूपमा मात्रै कामदार लगिरहेको छ । पूर्णरूपमा खुला भइनसकेको अवस्थामा यस्तो खालको मापदण्ड तोकिएपछि म्यानपावर व्यवसायी त्रसित छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले यो नेपालबाटै सिन्डिकेट लगाउन विगतदेखि नै लागिरहेकाहरूको चलखेलका आधारमा भएको दाबी गरे ।

नेपालमा विगतदेखि नै क्रियाशील रहेको सिन्डिकेटधारी समूहले तयार पारेको मापदण्ड अनुसार नै मलेसिया सरकारले मापदण्ड बनाएको भन्दै उनले त्यो कुनै पनि हालतमा मान्य नहुने बताए ।

‘इजाजतपत्रहरूको क्राइटेरिया सहित नेपाल सरकारले आफ्नै क्राइटेरियामा लाइसेन्स दिएको छ, त्यसलाई कार्यान्वयन गराउने, त्यसलाई पारदर्शी नेपाल सरकारले बनाउने हो,’ भण्डारीले भने, ‘अर्को देशले नेपालका व्यवसायीको मापदण्ड तय गर्ने होइन, यसमा सर्टेन सिन्डिकेटवालाले मापदण्ड रेडिमेड बनाएका थिए, त्यो मापदण्डका आधारमा पठाइएको छ ।’

विगतमा बंगलादेशमा समेत यसरी नै सिन्डिकेट लगाइएको बताउँदै त्यसमा नेपाल सरकारले कडा रूपमा प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ ।

यस्तो खालको सीमित व्यवसायीको हातमा गएको खण्डमा यसले ठूलो रूपमा पैसा हत्याउने, हुन्डीबाट पैसा जाने खतरा रहेको उनको भनाइ छ ।

यसले नेपाल सरकारलाई पनि ठूलो असर पर्ने उनले बताए । त्यस्तै सीमित एजेन्सीबाट मान्छे पठाउने भएपछि श्रमिकले धेरै शुल्क तिर्नुपर्ने बाध्यता आउने समेत बताए ।

‘सरकारले गम्भीर भएर हेर्नुपर्छ, अहिलेको सरकार भनेको ट्रान्जिसन सरकार छ, परराष्ट्र मन्त्रालय खाली छ, श्रम मन्त्रालय खाली छ, यही बेला साँठगाँठ गरेर केही मान्छेलाई प्रभावमा पारेर यो बल गर्न कोसिस गरिएको छ,’ भण्डारीले भने, ‘यसलाई स्ट्रङली विरोध गर्नुपर्छ, कुनै पनि देशको कानुन होइन, तपाईंको देशको ऐन नियमभन्दा कुनै पनि देश नभए हाम्रो मान्छे जाँदैन, त्यसकारण यो कुरा स्ट्रङली लिनुपर्छ ।’

मलेसियामा शून्य लागत र इथिकल प्रक्रिया मार्फत कामदार पठाउँदै आएका आकर्षण इन्टरनेसनलका सञ्चालक विष्णु केसीले सीमित व्यवसायीलाई मात्र फाइदा पुग्ने गरी अघि बढेको बताए ।

लामो समयदेखि मलेसियामा मात्रै शून्य लागत र इथिकल भर्ना प्रक्रिया मार्फत कामदार पठाउँदै आएकोमा मलेसिया सरकारले तोकेको मापदण्ड अनुसार पठाउन नपाउने देखिन्छ ।

‘सीमित व्यवसायीले मात्र गर्न पाउने किसिमको बुद्धि हो, यदि नेपाल सरकारले त्यसलाई स्वीकृति दिएको खण्डमा गम्भीर समस्या उत्पन्न हुन्छ,’ केसीले भने, ‘अब सरकारको धारणा के हो भन्ने कुरा आयो, सरकारले पनि सीमित मान्छेले गर भन्दा भन्न नसक्ला, यो त सरकारको डिसिजनमा भर पर्‍यो ।’

करिब डेढ वर्षदेखि व्यवसाय बन्द रहेको अवस्थामा यस्तो निर्णय आउँदा धेरै व्यवसायी ठूलो समस्यामा पर्ने र विशेषगरी एउटै क्षेत्रमा मात्र काम गर्ने व्यवसायीलाई यसले झन् बढी असर पार्ने उनको भनाइ छ ।

विगतदेखि मलेसियामा सिन्डिकेट प्रयास

मलेसियामा विगतदेखि नै सीमित म्यानपावर कम्पनी मार्फत कामदार पठाउने प्रयास गरिँदै आएको थियो । केही व्यवसायीले यसका लागि निकै चलखेल गर्दै आएको म्यानपावर व्यवसायीहरू नै बताउँछन् ।

सरकार कमजोर भएको अवस्था, विभागीय मन्त्रीसमेत नभएको अवस्था तथा परराष्ट्र मन्त्रालयमा समेत विभागीय मन्त्री नभएको अवस्थामा यस्तो खालको मापदण्ड अघि बढेको हो । यसले गर्दा श्रम मन्त्रालयका अधिकारीहरू समेत आश्चर्यचकित छन् ।

मन्त्रालयका अधिकारीहरूले विभागीय मन्त्री नभएको अवस्थामा यस्तो खालको मापदण्ड आउनु निकै चुनौतीको विषय रहेको बताए ।

‘विगतदेखि नै मलेसियामा सिन्डिकेट लागु गर्ने गिरोह सक्रिय थियो, तत्कालीन मन्त्रीहरूको दबाबमा निर्णय रोकिएको थियो, मन्त्रालय पटक–पटक सिन्डिकेटको विपक्षमा छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यस्तो निर्णय हुँदैन भनेर विज्ञप्ति समेत जारी गरिएको थियो, अहिले विभागीय मन्त्री नभएका बेला, कमजोर सरकार भएका बेला गिरोह बलियो देखियो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छन् । उनले एएफपीलाई पठाएको लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरिन् । सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि उनको १५ ...
। भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल भएको छ । वायु प्रदूषण हटाउन भन्दै दिल्ली सरकारले राज्यका विभिन्न क्षेत्रमा कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ गरिएको जनाएको थियो । तर, क्लाउड सिडिङ गरिएपनि वर्षा नभएको र वायु प्रदुषण उस्तै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छन् । डी डब्लू हिन्दीका अनुसार राजधानी दिल्लीका अधिकांश क्षेत्रमा बुधबार ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्। इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ । यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका लागेको छ। इजरायल र हमासबीच २० ...
। सामाजिक सञ्जाल सञ्चालक मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताएका छन्। उनीहरूले यो कानुन डिसेम्बर १० देखि लागू भएपछि खाताहरू निष्क्रिय गर्न सुरु गर्ने बताएका हुन् । समाचार संस्था रोयटर्सका अनुसार, संसदमा मेटा, टिकटक सञ्चालक कम्पनी बाइटडान्स र स्न्यापच्याट सञ्चालक कम्पनी स्न्यापले प्रतिबन्धले युवाहरूलाई सुरक्षा दिन नसक्ने धारणा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अघि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । ट्रम्प ‘एसिया प्यासिफिक इकोनोमिक को-अपरेशन’ को बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै गर्दा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले जमिनबाट हावा प्रहार गर्ने मिसाइल परीक्षण गरिएको दाबी गरेको छ । बीबीसीका अनुसार उक्त परीक्षण उत्तर कोरियाको ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम