। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अघि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ ।
ट्रम्प ‘एसिया प्यासिफिक इकोनोमिक को-अपरेशन’ को बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै गर्दा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो ।
उत्तर कोरियाले जमिनबाट हावा प्रहार गर्ने मिसाइल परीक्षण गरिएको दाबी गरेको छ । बीबीसीका अनुसार उक्त परीक्षण उत्तर कोरियाको परमाणु हतियार वैध ठहराउने प्रतीकात्मक प्रयास भनिएको छ ।
मिसाइललाई सोझै आकाशतर्फ पठाइएको र झण्डै सात हजार ८०० सेकन्डसम्म हावामा रहेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आज (बुधबार) दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ्गसँग हुने बताइएको छ । दक्षिण कोरियामाथि अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिन दबाब छ ।