मुख्य समाचार
इजराइलले राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण
इजराइलले राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण

। इजराइलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ । इजरायलले गाजा सहरसँगै, बेत ला र खान युनिससहितका केही अन्य सहरका घर, विद्यालय र बसोबासका लागि बनाइएका भवनहरूमा हवाई आक्रमण गरेको हो ।

हमासका स्वास्थ्य अधिकारीहरू र ‘सिविल डिफेन्स एजेन्सी’ का अनुसार आक्रमणबाट ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली अधिकारीहरूले हमासमाथि अमेरिकको पहलमा गरिएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् ।

इजरायली रक्षामन्त्री इजराइल केट्जले हमासका तर्फबाट इजरायली सैनिकमाथि अमाक्रमण गरिएको र बन्धकको शव फर्काउनका लागि तय भएका सर्तहरू उल्लंघन भएको आरोप लगाएका छन् ।

उता हमासले आफ्नो तर्फबाट भएको भनिएको आक्रमणमा कुनै संलग्नता नरहेको दाबी गरेको छ । उसले आफू युद्धविरामका लागि पूर्ण प्रतिबद्ध रहेको पनि बताएको छ ।

यसअघि मंगलबार बेलुकी इजराइली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुको कार्यालयबाट जारी संक्षिप्त बयानमा सेनालाई भीषण आक्रमणका लागि निर्देशन दिइएको उल्लेख थियो । तर, आक्रमणको निर्देशन दिनुको कारण भने खुलाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्। इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ । यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका लागेको छ। इजरायल र हमासबीच २० ...
। सामाजिक सञ्जाल सञ्चालक मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताएका छन्। उनीहरूले यो कानुन डिसेम्बर १० देखि लागू भएपछि खाताहरू निष्क्रिय गर्न सुरु गर्ने बताएका हुन् । समाचार संस्था रोयटर्सका अनुसार, संसदमा मेटा, टिकटक सञ्चालक कम्पनी बाइटडान्स र स्न्यापच्याट सञ्चालक कम्पनी स्न्यापले प्रतिबन्धले युवाहरूलाई सुरक्षा दिन नसक्ने धारणा ...
। मलेसिया सरकारले श्रमिक पठाउने देशका म्यानपावर कम्पनीका लागि १० वटा मापदण्ड तोकेको छ । मलेसियाले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका कम्पनीका लागि मापदण्ड तोकेको हो । ती मापदण्ड पूरा गरेका कम्पनीले पठाएका कामदार मात्रै लिने गरी मापदण्ड तय गरेको हो । मादपण्डका विषयमा मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचार गरेर जानकारी गराएको छ । ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अघि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । ट्रम्प ‘एसिया प्यासिफिक इकोनोमिक को-अपरेशन’ को बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै गर्दा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले जमिनबाट हावा प्रहार गर्ने मिसाइल परीक्षण गरिएको दाबी गरेको छ । बीबीसीका अनुसार उक्त परीक्षण उत्तर कोरियाको ...
। अरेबियन सागरमा पर्ने टापु देश जमैकामा शक्तिशाली समुद्री आँधी आएको छ । ‘मेलिसा’ नाम दिइएको यो आँधी टापु देशको इतिहासकै शक्तिशाली मध्येको एक भएको भनिएको छ । यसलाई शक्तिको हिसाबले पाँचौं श्रेणीमा राखिएको छ । २८२ किलोमिटर प्रतिघण्टाको हावाको गतिका साथ बहने यो आँधीलाई अमेरिकी मौसमविद्हरूले ‘विनाशकारी र जीवनका लागि घातक’ भनेका छन् । यो आँधी ...