मुख्य समाचार
विप्लव नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोग जाँदै
विप्लव नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

। दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् ।

नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको अनलाइनखबरलाई बताए ।

‘पहिले पनि आयोगमा गएका थियौं । त्यतिबेला केके कागज पत्र पुगेको थिएन । आज थप कागजपत्र लिएर वकिलहरुसहित बुझ्न जाँदैछौं,’ बुढामगरले अनलाइनखबरसँग भने ।

उनले यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने पनि बताए ।


निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा ...
। जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी । केशवबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय ...
: भरुवा बन्दुक‍सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोका रहेका छन्। उनलाई भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्यांगबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक ...
। सरकारले सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रिया थालेको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूका नाममा ‘ठेक्का किन नतोड्ने ?’ सम्बन्धी १५ दिने सूचना जारी गरेको हो । सो अवधि भित्र स्वयम् उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ । त्यसो नगरे ठेक्का सम्झौताका शर्त र सार्वजनिक खरिद ऐन अनुसार ठेक्का अन्त्य गर्दै कारबाही गरिने ...
: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । माइक्रो सडक छेउको भित्तामा ठोक्किएको थियो। त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको ...