मुख्य समाचार
जमैकामा शक्तिशाली समुद्री आँधी, राजधानी क्षेत्रका बस्ती खाली गरियो
जमैकामा शक्तिशाली समुद्री आँधी, राजधानी क्षेत्रका बस्ती खाली गरियो

। अरेबियन सागरमा पर्ने टापु देश जमैकामा शक्तिशाली समुद्री आँधी आएको छ । ‘मेलिसा’ नाम दिइएको यो आँधी टापु देशको इतिहासकै शक्तिशाली मध्येको एक भएको भनिएको छ । यसलाई शक्तिको हिसाबले पाँचौं श्रेणीमा राखिएको छ ।

२८२ किलोमिटर प्रतिघण्टाको हावाको गतिका साथ बहने यो आँधीलाई अमेरिकी मौसमविद्हरूले ‘विनाशकारी र जीवनका लागि घातक’ भनेका छन् ।

यो आँधी अझ तीव्र गतिका साथ मंगलबार बिहानै क्यारिबियन टापुको तटमा अवतरण गर्ने बताइएको छ ।

यसको असरले जमैकामा तीन जनाको मृत्यु भइसकेको छ । यसैगरी हाइटी र डोमिनिकन रिपब्लिकमा चार जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

विशेषज्ञहरूले मेलिसाको प्रभावले केही क्षेत्रमा लामो समयसम्म मुसलधारे वर्षा गराउन सक्ने चेतावनी दिएका छन्, जसले घातक बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान छ ।

अमेरिका–आधारित राष्ट्रिय हुरिकेन केन्द्र (एनएचसी) को पछिल्लो डेटाले अधिकतम हावा र न्यूनचापीय क्षेत्रको हिसाबले मेलिसा यो वर्ष विश्वकै सबैभन्दा शक्तिशाली आँधी रहेको देखाउँछ । यो सन् १८५१ देखि समुद्री आँधीको रेकर्ड राख्न थालेदेखि जमैकामा आएको सबैभन्दा शक्तिशाली सावित हुनसक्ने सीबीएस न्यूजले जनाएको छ ।

एनएचसी निर्देशक माइकल ब्रेननले जमैकावासीलाई घर बाहिर ननिस्कन र सुरक्षित तरिकाले बस्न अनुरोध गरेका छन् ।



जमैकाली सरकारले राजधानी किङ्स्टनका केही भाग खाली गराएको छ । बीबीसीसँगको अन्तर्वार्तामा जमैकाली शिक्षा मन्त्री डाना मोरिस डिक्सनले भनेकी छन्, ‘हामीले कहिल्यै नदेखेको प्रकारको आँधी आउँदै छ ।’

‘अक्टोबरभरि वर्षा भइरहेको छ । त्यसैले जमिन पहिल्यै पूरै भिजिसकेको छ । फेरि धेरै वर्षा हुँदा बाढी र पहाडी क्षेत्रमा पहिरो जाने खतरा छ,’ उनले भनेकी छन् । उनका अनुसार प्रभावित व्यक्तिहरुलाई राख्न ८८१ आश्रयस्थल तयार पारिएको छ ।

गम्भीर आँधीमा तथ्यांक संकलन गर्ने हुरिकेन हन्टर विमानको उडान मेलिसाको तीव्र गतिका कारण रोकिएको छ ।

जमैकाका प्रधानमन्त्री एन्ड्रयू होल्नेसले पनि एक्समार्फत् सूचना प्रवाह गर्दै हरेक जमैकावासीलाई आँधीको समयमा घरभित्रै बस्न र उद्धारकर्ताको निर्देशन पालना गर्न अनुरोध गरेका छन् । ‘हामी यो आँधी सामना गर्नेछौं र अझ बलियो भएर पुनर्निर्माण गर्नेछौं,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेइले राष्ट्र निर्णायक मोडमा पुगेको बताएका छ। आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलले ऐतिहासिक जित हासिल गरेपछि मिलेइले राष्ट्र निर्णायक मोडमा पुगेको बताएका हुन्। राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने उनले दोहोर्‍याएका छन्। मिलेइ नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आणविक शक्तिबाट चल्ने क्षेप्यास्त्र परीक्षण गर्नुको सट्टा युक्रेन युद्ध अन्त्य गर्नुपर्ने बताएका छन्। उनले अमेरिकाले रुसी तट नजिकै आणविक पनडुब्बी तैनाथ गरेको पनि बताए। पुटिनले आइतबार रुसले आणविक शक्तिबाट चल्ने बुरेभेस्टनिक क्रूज क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएका थिए। यो आणविक क्षमता भएको क्षेप्यास्त्र हो। रुसले यो कुनै पनि रक्षा ...
। व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ । यस भेटका ...
: अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति भएको छ। यसबारे यसै हप्तामा दुई देशका नेताहरूबीचको बैठकमा छलफल हुने जनाइको छ। यस विषयमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्। बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै बेसेन्टले व्यापार सम्झौतामा टिकटकको अमेरिकी सञ्चालनमा 'अन्तिम सम्झौता' र दुर्लभ खनिजहरूमा चीनले लगाएको नयाँ नियन्त्रणहरू ...
: दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त भएका छन्। घटनामा कसैको पनि मृत्यु नभएको अधिकारीहरूले बताएका छन्। अमेरिकी नौसेनाको प्यासिफिक फ्लीटले एक विज्ञप्तिमा भनेको छ,ʻपहिलो घटनामा नियमित अपरेशनको क्रममा विमानवाहक युएसएस निमित्जबाट उडान भरेपछि दक्षिण चीन सागरमा एमएच–६० सी हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।ʼ विज्ञप्तिमा हेलिकप्टरमा सवार तीनै जना चालक दलका सदस्यको ...