मुख्य समाचार
माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा
माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा

: सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने, ‘दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै छन्। बाहिर निस्कन सम्भव छैन।’


हाल यस क्षेत्रमा करिब तीन हजार बढी विदेशी पर्यटक रहेको अनुमान छ। सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौंबाट लुक्ला आएका थिए।



हिमपातका कारण बाटो नदेखिने हुँदा पर्यटकहरू हराउन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले भनिन्, ‘मौसम प्रतिकूल भएकाले सबै पर्यटकलाई सुरक्षित रहन र होटल वा बस्तीमै बस्न अनुरोध गरिएको छ।’

जिल्ला प्रशासनले उद्धार टोली तयारी अवस्थामा राखेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेमा अस्थायी प्रहरी पोस्ट छ, त्यहाँका प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर पर्यटकहरुका बारेमा जानकारी लिने कार्य भइरहेको छ।

दिङ्बोचेभन्दा माथि करिब दुई हजार विदेशी पर्यटक रहेको अनुमान गरिएको छ। लगातारको हिमपात र वर्षाले चिसो बढेको छ। खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भने, ‘आज बिहानदेखि निकै चिसो छ, हिउँले गाउँ ढाकेको छ, सबैजना घरभित्रै छौँ।’

लगातारको हिमपातले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ। पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार सुनसान भएको छ। ‘हिउँले सुन्दर दृश्य त दिएको छ, तर दैनिकी भने कठिन बनाइदिएको छ,’ खुम्जुङकी शिक्षक कोपिला घतानीले बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा ...
। जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी । केशवबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय ...
: भरुवा बन्दुक‍सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोका रहेका छन्। उनलाई भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्यांगबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक ...
। सरकारले सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रिया थालेको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूका नाममा ‘ठेक्का किन नतोड्ने ?’ सम्बन्धी १५ दिने सूचना जारी गरेको हो । सो अवधि भित्र स्वयम् उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ । त्यसो नगरे ठेक्का सम्झौताका शर्त र सार्वजनिक खरिद ऐन अनुसार ठेक्का अन्त्य गर्दै कारबाही गरिने ...
। दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् । नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको अनलाइनखबरलाई बताए । ‘पहिले पनि आयोगमा गएका थियौं ...