। ललितपुरको नख्खु कारागारबाट फरार भएका बलात्कार मुद्दाका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१० घर भएका ४३ वर्षीय चुक्ताबहादुर राउत छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई गएराति साढे ९ बजेतिर टेकुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई कैद भुक्तानका लागि नख्खु कारागार बुझाइएको प्रहरीले बताएको छ ।