मुख्य समाचार
अर्जेन्टिनाको मध्यावधि चुनावमा राष्ट्रपति मिलेइको ऐतिहासिक जित
अर्जेन्टिनाको मध्यावधि चुनावमा राष्ट्रपति मिलेइको ऐतिहासिक जित

। अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेइले राष्ट्र निर्णायक मोडमा पुगेको बताएका छ।

आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलले ऐतिहासिक जित हासिल गरेपछि मिलेइले राष्ट्र निर्णायक मोडमा पुगेको बताएका हुन्।

राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने उनले दोहोर्‍याएका छन्।

मिलेइ नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ प्रतिशत मत प्राप्त गर्दै ठूलो जित हासिल गरेको छ। यसले विगतका अवरोधहरू पार गर्दै पुनरुत्थान गरेको भन्दै लगानीकर्ताहरूले यस परिणामलाई नजिकबाट हेरिरहेका थिए।


५५ वर्षीय राष्ट्रपति मिलेइले ब्युस आयर्समा आयोजित विजय समारोहमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, ‘आज हामी एउटा निर्णायक विन्दुमा पुगेका छौं। आजबाट महान् अर्जेन्टिनाको निर्माण सुरु भएको छ।’ उनले यस निर्वाचनले ‘अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सुधारवादी संसद्’ ल्याउने विश्वास व्यक्त गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेइलाई बधाइ दिँदै उनले अद्भुत काम गरिरहेको प्रतिक्रिया दिएका छन्।

आइतबार सम्पन्न मतदानमा प्रतिनिधिसभाका आधा र सिनेटका एकतिहाइ सिटका लागि प्रतिस्पर्धा भएको थियो। मिलेइले आफ्नो दलले प्रतिनिधिसभामा सिट संख्या ३७ बाट बढाएर १०१ र सिनेटमा ६ बाट बढाएर २० पुर्‍याएका छन्।

दोस्रो विश्वयुद्धपछि देशको राजनीतिमा बारम्बार सत्तामा पुगेको मध्य–वामपन्थी पेरोनिस्ट आन्दोलन यस पटक ३१.६४ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो। विपक्षीहरूलाई मिलेइले भने, ‘धेरै अर्जेन्टिनीहरू पछाडि फर्कन होइन, अगाडि बढ्न चाहन्छन्।’

दुई वर्षअघि सत्तामा पुगेका मिलेइका लागि यो निर्वाचन उनको आर्थिक सुधार कार्यक्रमप्रतिको जनसमर्थनको पहिलो राष्ट्रिय परीक्षा थियो। उनले लामो समयदेखि संकटमा परेको अर्जेन्टिनाको अर्थतन्त्रलाई ठूलो र पीडादायी सुधारमार्फत पुनर्जीवित गर्ने वाचा गरेका थिए।

मतदानअघि भने देशको मुद्रा पेसोमाथि दबाब बढेको थियो। यो अवस्थालाई सामना गर्न राष्ट्रपति ट्रम्पको सहयोगमा ४० अर्ब डलर बराबरको अमेरिकी वित्तीय सहायता प्याकेज अर्जेन्टिनाले प्राप्त गरेको थियो। वासिङ्टनले सहयोगसँगै चेतावनी दिएको थियो– यदि मिलेइको सुधार कार्यक्रम कमजोर भयो भने सहायता सीमित हुन सक्नेछ।

ट्रम्पले सोमबार सञ्चारमाध्यमसँग भने, ‘राष्ट्रपति मिलेइप्रतिको हाम्रो विश्वास अर्जेन्टिनाका जनताले उचित ठहराएका छन्।’

ब्युनस आयर्समा एलएलएको विजय समारोहमा सयौं समर्थकहरू नाचगान, आलिङ्गन र आँसुका साथ उत्सवमा सहभागी भएका थिए। ‘म अत्यन्तै उत्साहित छु, यति ठूलो समर्थनको अपेक्षा गरेको थिइनँ’, ३८ वर्षीय मार्केटिङ सल्लाहकार फाकुन्डो क्याम्पोसले भने, ‘यो खुसी अर्जेन्टिनाले जितेको अन्तिम विश्वकपको गोल जस्तै छ।’

४५ वर्षीया स्वास्थ्य अधिकारी मारिया जिसस गलानले भने, ‘मिलेइको सरकारले केही सुधारका ठाउँ राखे पनि यसको ठूलो सम्भावना छ।’

यद्यपि चुनावअघि केही मतदाताले राष्ट्रपति मिलेइप्रति निराशा व्यक्त गरेका थिए। उनका नजिकका केही सल्लाहकारहरू भ्रष्टाचार घोटालामा मुछिएका थिए। तर धेरै मतदाताले पेरोनिस्ट आन्दोलनबाट टाढा रहन नै आफ्नो समर्थनको मुख्य कारण बताए।

यस निर्वाचनमा ६७.९ प्रतिशत मत खसेको छ। यो पछिल्ला चार दशकमा सबैभन्दा न्यून हो। यसले जनताको सम्पूर्ण राजनीतिक वर्गप्रतिको असन्तुष्टि झल्काएको विश्लेषकहरूले बताएका छन्।

सबैभन्दा अप्रत्याशित नतिजा ब्युनस आयर्स प्रान्तमा आएको छ। यहाँ अघिल्लो महिनाको स्थानीय निर्वाचनमा पेरोनिस्टहरूले जितेका थिए। तर यसपटक एलएलएले बलियो पुनरागमन गरेको छ।

‘मिलेइको पार्टीलाई समर्थन गर्नु मेरो लागि उत्कृष्ट विकल्प होइन, तर म कसलाई अस्वीकार गर्न चाहन्छु भन्ने स्पष्ट छ,’ ब्युनोस आयर्सकी ६९ वर्षीया पेन्सनभोगी एड्रियाना कोटोनियोले भने।

टेलिभिजनका पूर्वविश्लेषक रहेका मिलेइले पदभार सम्हाल्ने बित्तिकै दशौं हजार सार्वजनिक क्षेत्रका रोजगारी कटौती गरेका थिए।सार्वजनिक निर्माण योजनाहरू रोेकेका थिए भने स्वास्थ्य, शिक्षा र पेन्सन खर्च घटाएका थिए। यसलाई उनले देशव्यापी नियन्त्रणमुक्त सुधार अभियानको नाम दिएका थिए।

आरम्भमा यी सुधारहरूका कारण लाखौं नागरिक गरिबीमा धकेलिएको आरोप लागेको थियो तर मुद्रास्फीति दुईतिहाइले घटेपछि धेरैले राहत महसुस गर्न थालेका छन्। तथापि, आर्थिक वृद्धि सुस्त रहँदा उपभोग र उत्पादन मूल्यहरूमा सुधार देखिएको छैन।

गत महिना लगानीकर्ताहरूले अर्जेन्टिनाको पेसो बेच्न थालेपछि अमेरिकी प्रशासनले बजारमा हस्तक्षेप गर्दै मुद्रा सन्तुलन कायम गर्न सहयोग पुर्‍याएको थियो। चुनावअघि, सरकारले पेसोको अवमूल्यन हुने आशंका चर्किएको थियो, तर अर्थमन्त्री लुइस क्यापुटोले मतदानको पूर्वसन्ध्यामा ती अड्कलबाजी अस्वीकार गर्दै भनेका थिए, ‘सोमबार अर्को साधारण दिन मात्र हुनेछ। आर्थिक कार्यक्रम वा विनिमय दर प्रणालीमा कुनै परिवर्तन हुने छैन।’

अप्रिलमा तय गरिएको पेसो–डलर विनिमय दर ब्यान्ड यथावत् राख्ने सरकारको निर्णयले लगानीकर्तालाई केही स्थायित्वको सन्देश दिएको छ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम