मुख्य समाचार
तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी
तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी

: नेपाली कांग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ।

सोमवार नेपाल तरुण दलको स्थापना दिवसमा बोल्दै अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन्। उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि धावा बोलिरहेको भन्दै अब सडक संघर्षलाई अघि बढाउन तयार रहन तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए।


अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा चित्रण गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे। उनले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरूले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए।

अध्यक्ष विद्वान गुरुङले जेनजी आन्दोलनका नाममा नेताहरूमाथि भएको प्रहारको हिसाब–किताब हुने बताए। ‘छिटोभन्दा छिटो जति पनि विभिन्न सरकारी संरचनाहरूमा, उद्योगपति, विभिन्न पार्टी कार्यालयहरू र हाम्रा नेताहरूको घरमा पेट्रोल बममार्फत जुन क्षति पुर्‍याइएको छ, यिनलाई छिटोभन्दा छिटो कारबाही होस्। होइन भने हाम्रा सबै नेताहरूमाथि, पार्टीमाथि कारबाही हुँदै जाँदा अब हामी चुप बस्दैनौँ। २४ गतेको आन्दोलनमा यो सरकारमा नरहेको, सरकार बाहिर रहेका केही पार्टी, केही राजावादी, केही विदेशी दलालहरूले हाम्रा नेताहरूमाथि प्रहार गरेको छ। यसको हिसाबकिताब नेपाल तरुण दलले गर्नुपर्छ,’उनले भने ।

अध्यक्ष गुरुङले अब मुलुकको व्यवस्था जोगाउने र आफ्नो अस्तित्व जोगाउने हो भने त्यस्ता तत्त्वका विरुद्ध सडकमा उत्रिनुको विकल्प नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको ...
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले ...
। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् । तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई ...
। पोखरा र भैरहवास्थित दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा वैदेशिक व्यापार सुरु नै हुन नसकेको देखिएको छ । नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा दुवै विमानस्थल आन्तरिक उडानमा सीमित छन् । जसले गर्दा वैदेशिक व्यापारमा समेत यी विमानस्थलले योगदान दिन नसकेको देखिएको छ । भन्सार विभागका अनुसार नेपालमा पहिलो त्रैमासमा कुल २८ भन्सार बिन्दुबाट ...