मुख्य समाचार
ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आणविक शक्तिबाट चल्ने क्षेप्यास्त्र परीक्षण गर्नुको सट्टा युक्रेन युद्ध अन्त्य गर्नुपर्ने बताए
ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आणविक शक्तिबाट चल्ने क्षेप्यास्त्र परीक्षण गर्नुको सट्टा युक्रेन युद्ध अन्त्य गर्नुपर्ने बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आणविक शक्तिबाट चल्ने क्षेप्यास्त्र परीक्षण गर्नुको सट्टा युक्रेन युद्ध अन्त्य गर्नुपर्ने बताएका छन्।

उनले अमेरिकाले रुसी तट नजिकै आणविक पनडुब्बी तैनाथ गरेको पनि बताए।


पुटिनले आइतबार रुसले आणविक शक्तिबाट चल्ने बुरेभेस्टनिक क्रूज क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएका थिए।

यो आणविक क्षमता भएको क्षेप्यास्त्र हो। रुसले यो कुनै पनि रक्षा ढाल छिर्न सक्ने र अब यसलाई तैनाथ गर्न कदम चालिने बताएको छ।

ट्रम्पले अमेरिकाले यति टाढा उडान गर्नु आवश्यक नभएको भन्दै रुसको तट नजिकै आणविक पनडुब्बी रहेको बताए।

उनले भने,ʻहामीसँग संसारकै उत्कृष्ट आणविक पनडुब्बी छ भन्ने रुसलाई थाहा छ। रुसको तटको ठिक छेउमा हाम्रो पनडुब्बी छ। हामीले १४,००० किलोमिटर (८,००० माइल) उडान गर्नु पर्दैन।ʼ

ट्रम्पले क्षेप्यास्त्र परीक्षण गर्नुको सट्टा रुसले युद्ध समाप्त गर्नुपर्ने बताए।

रुसले आइतबार आणविक शक्तिबाट चल्ने बुरेभेस्टनिक क्रूज क्षेप्यास्त्र परीक्षण गरेको छ।

यो कम उचाइमा उड्ने क्षेप्यास्त्र हो। यो पहिलो पटक २०१८ मा घोषणा गरिएको थियो। यसमा असीमित क्षमता छ भने क्षेप्यास्त्र रक्षा प्रणालीबाट बच्न सक्षम छ भनेर वर्णन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम