मुख्य समाचार
मेची नदी किनारमा नेपाल र भारत दुवै देशका नागरिकले एकसाथ छठ पर्व मनाए
मेची नदी किनारमा नेपाल र भारत दुवै देशका नागरिकले एकसाथ छठ पर्व मनाए

: अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउँदै सीमावर्ती मेची नदी किनारमा नेपाल र भारत दुवै देशका नागरिकले एकसाथ छठ पर्व मनाएका छन्। भद्रपुर नगरपालिका– ५ स्थित मेची नदीको पश्चिमतिर नेपाली नागरिक र पूर्वतिर भारतीय नागरिकले हर्सोल्लासका साथ छठ पर्व मनाएका हुन्।



नदी किनारको मसानघाट देखि मेची पुलको मुख्यद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजार बढी पूजास्थल (घाट)मा व्रतालु तथा श्रद्धालु भक्तजनले पानीमा ओर्लिएर सूर्य भगवानको पूजा आराधना गरी अर्घ्य चढाएका थिए।


मेची पुल नजिकै मैथिल समाज भद्रपुरले अस्थायी रूपमा सूर्य भगवानको मूर्ति राखेर र युनिक समूहले देवीवस्तीमा स्थानीय रूपमा बनाएको सूर्य भगवानको मन्दिरमा विशेष पूजा आराधना गरेका थिए। भद्रपुर नगरपालिकाले छठ पर्वका अवसरमा सन्ध्याकालीन भजनसहित गंगा आरतीको आयोजना पनि गरेका थिए।



नगरपालिका, ५ नम्बर वडा कार्यालय, युनिक समूह र मैथिल समाजको संयुक्त आयोजना गरिएको गंगा आरतीमा छठ हेर्न आएका भक्त्तजनहरुको उल्लेखनीय सहभागिता रहेको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए। मधेसी समुदाय बाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदा हजारौँ भक्तजनहरूको घुइँचो लागेको थियो। मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि हजारौं दर्शनार्थी आएको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले जानकारी दिए।

त्यस्तै मेची पुलमा फोटो खिचाउने र भिडियो बनाउनेको भक्तजनहरूको भीड पनि त्यतिकै थियो। मेची किनारमा व्रतालु तथा भक्तजनहरूको शान्ति सुरक्षाका लागि सशस्त्र, नेपाली प्रहरी र ट्राफिक प्रहरी करिब दुई जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। सेनासहितको संयुक्त गस्तीले पनि सुरक्षा दिएका थिए।

जिल्लाको मेचीसहित निन्दा, हडिया, विरिङ, रतुवा, अदुवा, देउनियाँ कनकाई लगायतको नदी किनारहरूमा व्रतालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो। मंगलबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिँदै छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको ...
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले ...
: नेपाली कांग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सोमवार नेपाल तरुण दलको स्थापना दिवसमा बोल्दै अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन्। उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि धावा बोलिरहेको भन्दै अब सडक संघर्षलाई ...
। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् । तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई ...