मुख्य समाचार
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने

। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने भएको छ ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको नेता सन्तोष बुढामगरले जानकारी दिए ।


उनका अनुसार सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।

सभा अगाडि र्‍याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । ‘कम्तिमा १०/१५ हजार जनाको संख्यामा प्रदर्शन र सभा गर्ने तयारी छ,’ नेकपाका नेता बुढामगरले भने ।


उनका अनुसार प्रदर्शन र सभास्थल भने निश्चित भइसकेको छैन । जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाइसकेपछि प्रदर्शन र सभा गर्ने स्थान निश्चित गरिने उनले जानकारी दिए । ‘हाम्रो पहिलो प्राथमिकता त खुलामञ्च हो । तर त्यहाँ सभा हुन छाडेकाले भृकुटीमण्डप, बसन्तपुर, रत्नपार्क, टुँडिखेल कता प्रशासनले अनुमति दिन्छ त्यतै सभा गर्छौं’, बुढामगरले अनलाइनखबरसँग भने ।

यसअघि दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न खोज्दा गृह मन्त्रालयले अनुमति दिएको थिएन । विप्लव नेतृत्वको नेकपाको सभाबारे भने औपचारिक जानकारी नभएको भन्दै प्रतिक्रिया दिन मन्त्रालयका अधिकारीले अस्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको ...
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले ...
: नेपाली कांग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सोमवार नेपाल तरुण दलको स्थापना दिवसमा बोल्दै अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन्। उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि धावा बोलिरहेको भन्दै अब सडक संघर्षलाई ...
। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् । तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई ...