मुख्य समाचार
नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध
नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध

: नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका छन्। कर्णाली याक्स स्पोट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो संस्करणका लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर म्याक्सवेललाई अनुबन्ध गरेको जानकारी दिए।



कर्णाली याक्सले पहिलो विदेशी खेलाडीका रुपमा यसअघि स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्सवाट र दोस्रोमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ। ‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं’, निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन्। त्यसैले हामीलाई पक्कै फाइदा पुग्नेछ।’


कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्सवाट र म्याक्स ओ डाउडले पहिलो पटक एनपीएल खेल्दैछन्। ३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टीट्वेन्टी खेल खेलिसकेका छन्। जसमा उनले दुई हजार तीन सय नौ रन बनाएका छन्। उनले एक शतक र १६ अर्धसतक बनाएका छन्। कीर्तिपुरको मैदानमै उनले मलेसियाविरुद्ध ७३ बलमा अविजित एक सय ३३ रन बनाएका थिए। उनले नेदरल्यान्ड्सका लागि ६५ एकदिवसीय खेलमा दुई हजार एक सय ५३ रन बनाइसकेका छन्।



दोस्रो संस्करणका लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ। कर्णालीले ट्यालेन्ट हन्ट नोभेम्बर ५ मा आयोजना गर्दैछ। २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...