मुख्य समाचार
बिहानै उदाँउदो सूर्यलाई अर्घ्य अर्पण गरे लगतै यस वर्षको छठ पर्व सम्पन्न
बिहानै उदाँउदो सूर्यलाई अर्घ्य अर्पण गरे लगतै यस वर्षको छठ पर्व सम्पन्न

: मंगलबार बिहानै उदाँउदो सूर्यलाई अर्घ्य अर्पण गरे लगतै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । तराई-मधेशका क्षेत्रमा बिहानदेखि आकाशमा बादल ढाकेकोले घडीको समयको आधारमा अर्घ्य दिएका छन् । तराईका कतिपय क्षेत्रमा भने ब्रतालुले यसपटक सूर्यका दर्शन गर्न पाएका छैनन्।



उनीहरूले घडीको समय हेरेर सूर्य उदयको आँकलन गर्दै ब्रतालु जलाशयमा बनाएका घाट पुगेका थिए । जहाँ उनीहरुले अहिले केहीबेर अगाडि एकसाथ पूजा सामग्रीसहित भगवान सूर्य (षष्ठी) लाई अर्घ्य दिएका हुन् ।


चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने चैते छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय–खाय’ भन्ने गरिन्छ । खासगरी महिलाहरुले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पूर्ण विधिहरू गर्नुपर्ने मान्यता रही आएको जनकपुर उप–महानगरपालिका १४ बस्ने सुनिता सिंह बताउँछिन् ।



भगवान् सूर्य देवको उपासना गरिने छठमा ब्रतालुले ब्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दुध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ । छठ पर्वको मुख्य दिन मानिने षष्टि तिथिका दिन एक बिहानै नुहाईधुवाई गरी निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने परम्परा रही आएको छ । तराई मधेशमा यस विधिलाई साँझको अर्घ्य अर्थात् ‘सझुका अर्घ्य’ भनिन्छ ।

पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने र्घ्यलाई ‘भोरका अर्घ’ भनिन्छ । यसरी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ । अहिले घरघरमा नागेदार, ईष्टमित्रलाई प्रसाद वितरण गर्दैछन् । योसँगै यसपटकको महापर्व छठ सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा ...
। जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी । केशवबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय ...
: भरुवा बन्दुक‍सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोका रहेका छन्। उनलाई भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्यांगबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक ...
। सरकारले सडक डिभिजन काठमाडौं मातहतका चार दर्जन ठेक्का तोड्ने प्रक्रिया थालेको छ । कार्यालयले मंगलबार निर्माण कम्पनीहरूका नाममा ‘ठेक्का किन नतोड्ने ?’ सम्बन्धी १५ दिने सूचना जारी गरेको हो । सो अवधि भित्र स्वयम् उपस्थित भई स्पष्टीकरण दिन भनिएको छ । त्यसो नगरे ठेक्का सम्झौताका शर्त र सार्वजनिक खरिद ऐन अनुसार ठेक्का अन्त्य गर्दै कारबाही गरिने ...
। दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् । नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको अनलाइनखबरलाई बताए । ‘पहिले पनि आयोगमा गएका थियौं ...