। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका-१० घर भई ललितपुरको लुभु बस्ने २७ वर्षीय नवराज गिरी छन् । उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले लुभुबाट पक्राउ गरेको हो ।
उनी लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा रहेको प्रहरीले बताएको छ ।