मुख्य समाचार
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्बभन्दा बढीको व्यापार घाटा
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्बभन्दा बढीको व्यापार घाटा

— चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्बभन्दा बढीको व्यापार घाटा बेहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको हो ।


भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँको वस्तु आयात गरेको छ । सो अवधिमा नेपालले ५९ अर्ब १२ करोड रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ । जसका कारण भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको छ ।

त्यस्तै, उत्तरी छिमेकी चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म १ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने निर्यात भने १८ करोड ६४ लाख रुपैयाँको मात्रै गरेको छ । जसका कारण नेपालले चीनसँग १ खर्ब ४ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको छ ।

भारतपछि सबैभन्दा बढी व्यापार घाटा रहेको मुलुक चीन हो । त्यसपछि नेपालले अफगानिस्तान, अर्जेन्टिना, अस्ट्रेलिया, बंगलादेशदेखि अमेरिकी मुलुकहरूसँग पनि ठूलो व्यापार घाटा बेहोरेको छ ।

नेपालले हाल १ सय ४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामासलगायतका केही देशहरूसँग भने वैदेशिक व्यापार नाफामा रहेको विभागको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण प्रदूषण न्यूनीकरणका लागि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको भए ...
: झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। झापा जिल्लाका आम उद्योगी–व्यवसायीहरूको साझा संस्था झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको संरक्षणमा आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला (फुटबल मैदानबाहेक) क्षेत्रमा महोत्सव हुन लागेको हो। २०७३ फागुन १२ गते पहिलो पटक ...
— सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ...
पालमा सञ्चालित उद्योग आधाभन्दा कम क्षमता उपयोगमा सञ्चालन भइरहेको राष्ट्र बैंकको आर्थिक गतिविधि प्रतिवेदनले औंल्याएको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम