मुख्य समाचार
८३ बच्चाकी आमा बन्दै विश्वकै पहिलो एआई मन्त्री
८३ बच्चाकी आमा बन्दै विश्वकै पहिलो एआई मन्त्री

: अल्बानियाकी एआई मन्त्री डिएला गर्भवती छिन्। डिएला आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विश्वकै पहिलो मन्त्री हुन्।

उनले ८३ बच्चा जन्माउन लागेकी छन्। उनी रोबोटबाट गर्भवती भएको अल्बानियाका प्रधानमन्त्री एडी रामाले घोषणा गरेका हुन्।


जर्मनीको बर्लिनमा आयोजित ग्लोबल डायलग सम्मेलनको क्रममा अल्बानियाकी प्रधानमन्त्री रामाले यो घोषणा गरेर सबैलाई चकित पारेका थिए। तर एआई मन्त्रीको गर्भावस्थाको फरक अर्थ छ।



डिएलाको अर्थ अल्बेनियाली भाषामा सूर्य हो। उनी विश्वको पहिलो एआई मन्त्री हुन्। उनलाई परम्परागत अल्बेनियाली पोशाकमा महिलाको रूपमा चित्रण गरिएको छ। उनलाई अल्बेनियाली प्रधानमन्त्रीले मन्त्रीमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री एडी रामाले भने, ʻआज हामीले डिएलासँग ठुलो जोखिम उठायौँ र हामीले धेरै राम्रो गर्‍यौँ। डिएला गर्भवती छिन् र उनले ८३ बच्चा जन्माउने छिन्।ʼ

प्रधानमन्त्री एडी रामाले ८३ बालबालिका भनिएका ८३ नयाँ एआई सहायक भएको बताए। सत्तारुढ समाजवादी पार्टीका प्रत्येक संसद् (एमपी)का लागि एआई सहायक बनाइएको हो। यी एआई (बालबालिका)ले संसदमा हुने सबै कुरा रेकर्ड गर्नेछन्। यस्तै एआई बालबालिकाले प्रतिनिधिहरूलाई उनीहरूले छुटाएका छलफल वा घटनाबारे जानकारी गराउनेछन्।

यी एआई बालबालिकाहरूले संसदीय सत्रमा पनि भाग लिनेछन्। सबै छलफल र कार्यक्रम रेकर्ड गर्नेछन् भने आफ्ना हाकिमलाई कुन मुद्दामा प्रतिआक्रमण गर्ने भनेर सल्लाह दिनेछन्।

यस्तै यी एआई बालबालिका २०२६ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालनमा आउनेछन् र डिएलाको ज्ञान (डेटा र एल्गोरिदम) हस्तान्तरण गरिनेछ।

डिएलालाई अल्बानियाको सार्वजनिक खरिद प्रणालीलाई पूर्णरूपमा पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन सेप्टेम्बरमा मन्त्रीमा नियुक्त गरिएको थियो। उनी नागरिक र व्यवसायलाई सरकारी कागजात प्राप्त गर्न मद्दत गर्दै आएकी छन्। एआई निर्मित मन्त्रीलाई परम्परागत अल्बेनियाली पोशाकमा महिलाको रूपमा चित्रण गरिएको छ।

डिएलालाई सार्वजनिक टेन्डरसँग सम्बन्धित सबै निर्णय गर्ने जिम्मेवारी दिइएको छ। ती निर्णय १०० प्रतिशत भ्रष्टाचारमुक्त छन् भनी सुनिश्चित गरिन्छ। प्रधानमन्त्री रामाले टेन्डर प्रक्रियामा जम्मा गरिएको प्रत्येक सार्वजनिक कोष पूर्णरूपमा पारदर्शी हुने बताए। –एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...