मुख्य समाचार
दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त
दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त

: दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त भएका छन्। घटनामा कसैको पनि मृत्यु नभएको अधिकारीहरूले बताएका छन्।



अमेरिकी नौसेनाको प्यासिफिक फ्लीटले एक विज्ञप्तिमा भनेको छ,ʻपहिलो घटनामा नियमित अपरेशनको क्रममा विमानवाहक युएसएस निमित्जबाट उडान भरेपछि दक्षिण चीन सागरमा एमएच–६० सी हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।ʼ

विज्ञप्तिमा हेलिकप्टरमा सवार तीनै जना चालक दलका सदस्यको उद्धार गरेर सुरक्षित रूपमा बाहिर निकालिएको उल्लेख गरिएको छ।


करिब आधा घण्टा पछि नियमित अपरेशनको क्रममा यूएसएस निमित्जबाट उडान भर्ने क्रममा बोइङ एफरए–१८एफ सुपर हर्नेट लडाकु जेट पनि दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको अमेरिकी नौसेनाले बताएको छ।

अमेरिकी नौसेनाको अनुसार लडाकु विमानमा रहेका दुवै चालक दलका सदस्य आफैँ बाहिर निस्किएको बताएको छ। दुवै घटनाको कारण अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको भ्रमणमा रहेका बेला दुवै घटना भएका हुन्। ट्रम्प सोमबार जापान आइपुगेका थिए। उनले पहिले इन्डोनेसियामा समय बिताएका थिए।

यस वर्षको सुरुमा अमेरिकी नौसेना विमानवाहक ह्यारी एस. ट्रुम्यानको सञ्चालनको क्रममा मध्य पूर्वमा दुई अमेरिकी लडाकु विमान हराएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति भएको छ। यसबारे यसै हप्तामा दुई देशका नेताहरूबीचको बैठकमा छलफल हुने जनाइको छ। यस विषयमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्। बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै बेसेन्टले व्यापार सम्झौतामा टिकटकको अमेरिकी सञ्चालनमा 'अन्तिम सम्झौता' र दुर्लभ खनिजहरूमा चीनले लगाएको नयाँ नियन्त्रणहरू ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको भ्रमणमा छन्। त्यहाँ उनका विरुद्धमा विरोध प्रदर्शन भएको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली आयोजना गरिएको छ। समाचार एजेन्सी एएफपीको भिडियोमा प्रदर्शनकारीले ट्रम्पविरुद्ध नाराबाजी गरिरहेको देखियो। धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ʻट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैनʼ लेखिएको ब्यानर प्रदर्शन गरे। ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन्। मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले संयुक्त 'शान्ति सम्झौता' मा हस्ताक्षर गरेका छन्। थाइल्याण्ड-कम्बोडिया युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्याण्ड र कम्बोडियासँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न कागजातहरू हस्तान्तरण गरेको छ। ट्रम्पले फोनवार्ताको क्रममा जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको 'द्वन्द्व' पछि धेरै फोन कलहरू भएको र आफूले द्वन्द्व रोकेको दावी गरेका ...
: पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले वार्ताबाट समस्या समाधान नभए अफगानिस्तानसँग 'खुला युद्ध' हुने बताएका छन्। बीबीसी उर्दूका अनुसार सियालकोट शहरमा मिडियासँग कुरा गर्दै ख्वाजा आसिफले कतार र टर्कीले अफगान तालिबानसँग धेरै इमान्दारीपूर्वक वार्ता गरिरहेको बताए। पाकिस्तानी रक्षामन्त्रीले कतारमा भएको वार्तापछि कुनै पनि घटना नभएको बताएका छन्। उनले भने, 'उनीहरू (अफगान तालिबान) सँगको हाम्रो वार्तामा उनीहरू शान्ति ...
: पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २०२८ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने बताएकी छन्। उनले बीबीसीसँग आफू सम्भवतः एक दिन अमेरिकाको राष्ट्रपति बन्न सक्ने बताइन्। उनले एक दिन एक महिला राष्ट्रपति भएर ह्वाइट हाउसमा प्रवेश गर्ने बताइन्। उनले भनिन्,ʻमेरो इनिङ अझै सकिएको छैन। म फेरि राष्ट्रपतिको उम्मेदवार बन्न सक्छु।ʼ डोनाल्ड ट्रम्पसँग हारेपछि ह्यारिसले २०२८ मा ...