मुख्य समाचार
अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी
अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी

— अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी हुन्छ । व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैं–तिहारमै हुन्छ ।


चाडपर्वका समयमा स–साना खुद्रा पसलदेखि ठूला–ठूला पसलदेखि आउटलेटहरूमा खरिद–बिक्री बढी हुन्छ । व्यवसायीले पनि चाडपर्वलााई लक्ष्य गरी बढी नै सामान आयात गर्छन् । भन्सार विभागको तथ्यांकले पनि सोही क्रमलाई दर्शाउँछ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात भएको विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो रकम २०८१/८२ को पहिलो तीन महिनाको तुलनामा १९.७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्बको वस्तु आयात भएको थियो ।

तीन महिनामा निर्यातसमेत बढेको छ । साउन–असोजमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको विभागले जनाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । गत वर्ष पहिलो तीन महिनामा ३८ अर्ब ३७ करोडको वस्तु निर्यात भएको थियो ।

विभागका अनुसार कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत छ । आयातको हिस्सा भने ८६.५४ प्रतिशत रहेको विभागको तथ्यांक छ । आयात र निर्यात बढेपछि वैदेशिक व्यापार घाटा पनि २६.०४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ५ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ४ खर्ब २९ अर्ब रुपैयाँ थियो । चाडपर्वले लत्ताकपडालगायत वस्तुको आयात बढेको छ, जसले आयात र निर्यातको खाडल बढेको हो ।



आयात हुने मुख्य वस्तुमा कच्चा भटमासको तेल छ । विभागका अनुसार तीन महिनामा ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँको अप्रशोधित भटमासको तेल आयात भएको छ । तेस्रो मुलुकबाट आयात हुने सोयाबिन कच्चा पदार्थ नेपालमा प्रशोधन भएर भारत निर्यात गरिन्छ । जानकारका अनुसार निर्यातमा छुट र अग्रिम भुक्तानी सुविधाले व्यवसायी सोयाबिन तेल स्वदेशमा बिक्रीभन्दा भारतमै निर्यात गर्न रुचाउँछन् ।

यस्तै २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँ बराबरको २ लाख २७ हजार ३४८ किलोलिटर डिजेल आयात भएको विभागको तथ्यांक छ । १७ अर्ब ११ करोड २९ लाख रुपैयाँको डायमोनियम हाइड्रोजन अर्थोफोस्फेट, १६ अर्ब ७६ करोड ८७ लाख रुपैयाँको पेट्रोल, १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको एलपीजी ग्यास, १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँको स्मार्टफोन, १२ अर्ब ५१ करोड ६४ लाख रुपैयाँको फलाम आयात भएको छ । ८ अर्ब ८३ करोड रुपैयाँको सुन १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ र फलाम तथा स्टिलका उत्पादन आयात भएको विभागको तथ्यांक छ ।

आयातमा अप्रशोधित भटमासको तेल पहिलो नम्बरमा भएजस्तै निर्यातमा समेत सोही वस्तु अघि छ । तीन महिनामा ३० अर्ब ६९ करोड ७८ लाखको प्रशोधित भटमास तेल निर्यात गरिएको विभागको तथ्यांक छ । २ अर्ब ५७ करोड ५४ लाख रुपैयाँको गलैंचा, २ अर्ब १३ करोड ९५ लाख रुपैयाँको सूर्यमुखीको बीउ र तेल र १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँको फेल्टका अन्य सामग्री निर्यात भएको छ । १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँको रिफाइन्ड पाम तेल, १ अर्ब ६७ करोड ९१ लाख रुपैयाँको अलैंची, १ अर्ब ५९ करोड १ लाख रुपैयाँ जुट तथा अन्य धागोबाट बुनेको कपडा, १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँको धागो र १ अर्ब २७ करोड २० लाख रुपैयाँको मिश्रित जुस निर्यात भएको छ ।

पछिल्लो समय लगानीका लागि सुरक्षित मानिने सुनमा व्यवसायी आकर्षित भइरहेका छन् । त्यही कारण नेपालमा समेत सुनको आयात बढेको छ । गत आर्थिक वर्षको तीन महिनामा सय किलो सुन आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ६ सय किलो सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ६ सय १ किलो सुन आयात भएको छ । यसबाट सरकारले १ अर्ब २ करोड ५३ लाख राजस्व उठाएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको तीन महिनामा १ अर्ब ४ करोड ३२ लाख रुपैयाँको १ सय किलो सुन आयात भएको थियो । वाणिज्य बैंकहरूले काँचो सुन आयात गर्छन् भने व्यवसायीहरूले उक्त सुन खरिद गरी गरगहना बनाई बेच्‍छन् । गत असोजमा राष्ट्र बैंकले सुनको आयात कोटा दिनहुँ ५ किलो बढाइदिएको थियो । ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोलाई २५ किलोग्राम कायम गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा ७ करोड १५ लाख रुपैयाँको सुनका गरगहना आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा १४ करोड ७३ लाख रुपैयाँको सुनका गरगहना आयात भएको थियो । चालु वर्षको सोही अवधिमा २० करोड १३ लाखको १ हजार किलो चाँदी आएको छ । १ अर्ब ६१ करोड ३४ लाखको ८ हजार १ सय ३० किलो चाँदीको धूलो आयात भएको छ । गत वर्षको तीन महिनामा ७३ करोड १६ लाख रुपैयाँको ५ हजार ४ सय ६५ किलो चाँदीको धूलो आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
। रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ । कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ । कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ । रसुवा र तातापानी नाकाको ...
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ...
। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । उनले समितिको बैठकमा यस्तो बताएका हुन् । भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चीनीको मूल्य अत्यधिक बढेको ...
: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल रु. ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार उक्त रकम संकलन भएको हो। कार्यालयका अनुसार हाल ९ वटा वाणिज्य बैंकमा रु. ८ अर्ब ५९ करोड १९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम