मुख्य समाचार
इंग्लिस प्रिमियर लिगमा टोटनहमले एभरटनलाई ३–० ले पराजित
इंग्लिस प्रिमियर लिगमा टोटनहमले एभरटनलाई ३–० ले पराजित

— इंग्लिस प्रिमियर लिगमा टोटनहमले आइतबार राति एभरटनलाई ३–० ले पराजित गरेको छ र लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।


टोटनहमका लागि मिकी भान डे भेनले दुई गोल गरे । यो जितपछि टोटनहमको ९ खेलबाट १७ अंक भएको छ र उसले आफ्नो उत्तरी लन्डन क्लब प्रतिद्वन्द्वी आर्सनललाई पछ्याइरहेको छ ।

आर्सनल भने ९ खेलबाट २२ अंकमा पहिलो स्थान छ । उनीहरूको बीचमा बर्नमाउथ १८ अंकमा रहेको छ । आर्सनलले दिनको सुरुमा क्रिस्टल प्यालेसलाई १–० ले हराएको थियो र यससँगै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको थियो । इमिरेट्समा भएको खेलमा इबेरची इजीले निर्णायक गोल गरे ।

बर्नमाउथले भने नटिङघम फरेस्टमाथि २–० को जित रच्यो । म्यानचेस्टर सिटी भने एस्टन भिल्लाको हातबाट १–० ले पराजित रह्यो र त्यसमा निर्णायक गोल गर्ने खेलाडी रहे, म्याट क्यास । यस्तै बर्नलीले उल्भ्सलाई रोमाञ्चक खेलमा ३–२ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरान, भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक भारतलाई घरेलु मैदानमा हराएको छ। सिलोङको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भारतलाई २-१ ले हराएको हो। कप्तान साबित्रा भण्डारीको दुई गोलमा नेपालले भारतलाई उसकै घरमा हराएको छ। खेलको दोस्रो मिनेटमा नेपालकी स्ट्राइकर साबित्रा भण्डारीले दुईजना डिफेन्डर र गोलकिपरलाई ...
। बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ । ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा सहजे पराजित भयो । श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गर्‍यो । सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालको लिगमा यो चौथो हार ...
: नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका छन्। कर्णाली याक्स स्पोट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो संस्करणका लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर म्याक्सवेललाई अनुबन्ध गरेको जानकारी दिए। कर्णाली याक्सले पहिलो विदेशी खेलाडीका रुपमा यसअघि स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्सवाट र दोस्रोमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको ...
: आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ३९.१ ओभरमा १५६ रन बनाउँदै अलआउट भएको हो। अमेरिकाले दिएको २६३ रनको विजय लक्ष्य पछाएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। ओपनर आसिफ शेखले ३७, भीम सार्कीले ...
। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम भारत नआउने भएका छन् । १७ नोभेम्बर मा हुने भनिएको मैत्रिपूर्ण खेलका लागि अर्जेन्टिना फुटबल एशोसिएसन (एएफए) को टिमका साथ आउन लागेका मेस्सीको यात्रा अन्तिम समयमा रोकिएको हो । उनी १७ नोभेम्बर अर्थात १ मंसिरमा केरलको कोच्चीमा अवस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने मैत्रिपूर्ण खेलका लागि भारत आउने भनिएको ...