मुख्य समाचार
सरकारले धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम नगर्न आग्रह
सरकारले धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम नगर्न आग्रह

: सरकारले धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेको छ। शनिबार गृह मन्त्रालय विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो।



मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ,ʻदेशमा शान्ति सुरक्षा कायम गर्दै घोषित मितिमा स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको योगदान महत्त्वपूर्ण एवम् अपरिहार्य रहेको हुँदा सोही बमोजिमको भूमिका र दायित्व अपेक्षित छ। २०८२ भदौ २३ र २४ गतेको प्रदर्शन पश्चात्, सार्वजनिक सेवा पुनः सुचारु गर्नुको साथै क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण प्रक्रिया आरम्भ गरी शान्ति सुरक्षाको अवस्था सामान्य तुल्याई निर्वाचन केन्द्रित वातावरण निर्माण हुँदै गरेको स्थितिमा हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ।ʼ


जेनजीको प्रदर्शनपश्चात् गठन भएको सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको भन्दै मन्त्रालयले सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, श्रोत र साधनको व्यवस्थापन, राजनीतिक दलहरू एवम् सरोकारवालाहरूसँग वार्ता र संवाद गरिरहेको उल्लेख गरेको छ।



विज्ञप्तिमा भनिएको छ,ʻआफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्बाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ। सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ।ʼ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन्। महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चारजनालाई मुद्दा पुर्पक्षका लागि कारागार पठाइएको छ। ...
: काठमाडौं महानगरपालिकाले थापाथलीस्थित गुठी संस्थाको जग्गामा बनाइएका घरटहरामा डोजर चलाएको छ। गुठीको जग्गामा अवैध ढंगले घर टहरा बनाएपछि महानगर प्रहरीले डोजर लगाएर भत्काएको हो।
: नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी समूहको एजेण्डा पूरा गर्नुपर्ने बताएका छन्। पार्टीद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा आफूहरूले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएको बताए। जेनजी आफ्ना उत्तराधिकारी भएको बताउँदै भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहने बताए। उनले भने,' केपी ओलीको ...
: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एसियाले पुनः व्यावसायिक उडान थालेको छ। २०८१ कात्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थगित गरेको थियो। कम्पनीले भैरहवा विमानस्थलबाट पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा ‘विन्टर सेड्युल’सहित पेश गरेको निवेदन केही महिनाअघि नै स्वीकृत भएसँगै आइतबारबाट उडान सेवा ...
: सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णयसहित सरकारलाई अदालत उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाइका लागि कार्त्तिक १४ गते अदालत उपस्थित गराउन आदेश दिएको हो। राजदूत फिर्ताको निर्णय लिइएको बारे स्पष्ट पार्न सरकारलाई झिकाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। ' यसमा के कसो भएको हो ...