मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना
राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना

: राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना गरेका छन्। छठ पर्व, २०८२ को शुभकामना दिँदै उनले तराईमा मनाइने छठ पर्व हाल पहाडी तथा हिमाली जिल्लाहरूमा समेत मनाउनु खुसीको विषय भएको बताएका हुन्।



‘सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवम् हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको पाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रध्दा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय हो । दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्‌भाव र समृद्धिको कामना गरी मनाउने यस पर्वले समग्ररूपमा प्रकाश र उर्जा प्रदान गर्ने सूर्य देवको आराधना गरी सामाजिक र प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको देखिन्छ ।


छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाईने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ । सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवम् पारिवारिक र सामाजिक ऐक्यवद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ ।’ सन्देशमा भनिएको छ,‘यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‍भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’



पौडेलले पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न थप सहयोग पुगोस् भन्ने कामनासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन्। महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चारजनालाई मुद्दा पुर्पक्षका लागि कारागार पठाइएको छ। ...
: काठमाडौं महानगरपालिकाले थापाथलीस्थित गुठी संस्थाको जग्गामा बनाइएका घरटहरामा डोजर चलाएको छ। गुठीको जग्गामा अवैध ढंगले घर टहरा बनाएपछि महानगर प्रहरीले डोजर लगाएर भत्काएको हो।
: नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी समूहको एजेण्डा पूरा गर्नुपर्ने बताएका छन्। पार्टीद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा आफूहरूले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएको बताए। जेनजी आफ्ना उत्तराधिकारी भएको बताउँदै भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहने बताए। उनले भने,' केपी ओलीको ...
: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एसियाले पुनः व्यावसायिक उडान थालेको छ। २०८१ कात्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थगित गरेको थियो। कम्पनीले भैरहवा विमानस्थलबाट पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा ‘विन्टर सेड्युल’सहित पेश गरेको निवेदन केही महिनाअघि नै स्वीकृत भएसँगै आइतबारबाट उडान सेवा ...
: सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णयसहित सरकारलाई अदालत उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाइका लागि कार्त्तिक १४ गते अदालत उपस्थित गराउन आदेश दिएको हो। राजदूत फिर्ताको निर्णय लिइएको बारे स्पष्ट पार्न सरकारलाई झिकाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। ' यसमा के कसो भएको हो ...