मुख्य समाचार
आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित
आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित

: आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ३९.१ ओभरमा १५६ रन बनाउँदै अलआउट भएको हो।

अमेरिकाले दिएको २६३ रनको विजय लक्ष्य पछाएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। ओपनर आसिफ शेखले ३७, भीम सार्कीले २९ रन बनाउँदा आरिफ शेखले २० रन बनाए। सोमपाल कामीले ११ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन्।


अमेरिकाको लागि बलिङतर्फ हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । उनले ८.१ ओभरमा एक मेडनसहित जम्मा २७ रन खर्चिए। शुभम रन्जानेले २ विकेट लिँदा रुसिल उगारकरले १ विकेट लिए।



दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनायो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए। तेस्रो विकेटका लागि स्मिथ र मुक्काकल्लाले ९५ रनको साझेदारी गरेका थिए। ४८ मा २ विकेट गुमाएको अमेरिकाले १४३ मा तेस्रो विकेट गुमायो। एन्ड्रिज गोउसले ११, कप्तान मोनाक पटेलले १० रन बनाउँदा सइतेजा मुम्कामल्लाले ४२ रन बनाए।

मिलिन्द कुमारले ७० रनको अविजित अर्धशतकीय पारी खेले। हर्मप्रित सिंह १६ रनमा अविजित रहे।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरी १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ । ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा सहजे पराजित भयो । श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गर्‍यो । सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालको लिगमा यो चौथो हार ...
: नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका छन्। कर्णाली याक्स स्पोट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो संस्करणका लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर म्याक्सवेललाई अनुबन्ध गरेको जानकारी दिए। कर्णाली याक्सले पहिलो विदेशी खेलाडीका रुपमा यसअघि स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्सवाट र दोस्रोमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको ...
— इंग्लिस प्रिमियर लिगमा टोटनहमले आइतबार राति एभरटनलाई ३–० ले पराजित गरेको छ र लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । टोटनहमका लागि मिकी भान डे भेनले दुई गोल गरे । यो जितपछि टोटनहमको ९ खेलबाट १७ अंक भएको छ र उसले आफ्नो उत्तरी लन्डन क्लब प्रतिद्वन्द्वी आर्सनललाई पछ्याइरहेको छ । आर्सनल भने ९ खेलबाट २२ अंकमा ...
। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम भारत नआउने भएका छन् । १७ नोभेम्बर मा हुने भनिएको मैत्रिपूर्ण खेलका लागि अर्जेन्टिना फुटबल एशोसिएसन (एएफए) को टिमका साथ आउन लागेका मेस्सीको यात्रा अन्तिम समयमा रोकिएको हो । उनी १७ नोभेम्बर अर्थात १ मंसिरमा केरलको कोच्चीमा अवस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने मैत्रिपूर्ण खेलका लागि भारत आउने भनिएको ...
। लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकपमा छनोट भएर नेपाली क्रिकेट टोली अब आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई र अमेरिकासँगको शृंखला खेल्न यूएई पुगिसकेको छ । गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूलाई खुसी दिएको नेपाली टोलीले अब लिग २ मा गरेको पुनरागमनको बाटोमा अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा हुनेछ । लिग २ ...