मुख्य समाचार
रुकुमपूर्वमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते
रुकुमपूर्वमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते

। रुकुमपूर्वमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । शनिबार साँझ करिब साढे पाँच बजे भूमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार रुकुमकोटतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२–००१ ह १४९३ नम्बरको अटो र विपरीत दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालकसहित पाँच जना र मोटरसाइकलमा सवार दुई जना गरी सात जना घाइते भएका छन् । भूमे–२ खाबाङका ४५ वर्षीय सहिन पुनको बाँया आँखानजिक चोट लागेको छ । सोही ठाउँका ११ वर्षीय सुदीप पुनको शरीरको भित्री भागमा सामान्य चोट लागेको छ ।

त्यसैगरी सोही गाउँपालिकाकी २७ वर्षीया अस्मिता झाँक्री बुढामगरको बाँया गालामा चोट लागेको छ भने ४३ वर्षीया कर्मकुमारी पुनलाई जिल्ला अस्पताल रुकुमपूर्वमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

८ वर्षीय बचन बुढामगरको टाउकोमा चोट लागेको छ । रुकुम पश्चिम आठबिसकोट–१० का १८ वर्षीय गणेश शाही र सल्यान बागचौर–६ का बसन्त भण्डारीको हात र खुट्टाको औंलामा चोट लागेको प्रहरीले बताएको छ ।

घाइते सातै जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिए ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास निर्माण गर्न चन्दा नउठाउने बताएका छन् । ओली निवास निर्माणका लागि गुण्डुबासीले नै योगदान गर्ने नेता बस्नेतको दाबी छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित निवास जलेपछि ओली भक्तपुरकै गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । अध्यक्ष ओलीका लागि अब बन्ने निवासलाई एमाले ...
। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुन:स्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने बताएका छन् । नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उनले संसद् पुन:स्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए । उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि ...
। अत्यधिक चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका लागि सदरमुकाम स्थानान्तरण गरिएको हो । गत असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी ...
। ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तिम पटक थप गरिएको म्यादभित्र संघीय संसद् भवनको काम सम्पन्न नभए हर्जाना तिराउने चेतावनी दिएका छन् । शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले थपिएको समय सीमाभित्र काम सम्पन्न नभए निर्माण कम्पनीलाई नियमानुसार हर्जाना तिराउन बाध्य हुने चेतावनी दिएका हुन् । संघीय संसद्को ...
। नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु आरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदैआएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए । नेपाली सेनाका आठ वटा गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण ...