मुख्य समाचार
आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईले च्याट जीपीटी एटलास नामक वेब ब्राउजर लञ्च
आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईले च्याट जीपीटी एटलास नामक वेब ब्राउजर लञ्च

आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईले च्याट जीपीटी एटलास नामक वेब ब्राउजर लञ्च गरेको छ । एआई क्षमतायुक्त यो ब्राउजरले बजारमा प्रवेश गर्ने वित्तिकैबाट गुगलका लागि ठूलो चुनौती खडा गर्न सुरु गरिदिएको छ ।

च्याट जीपीटीको वेब ब्राउजर लञ्च भएको भोलिपल्टै इन्टरनेट जाएन्ट गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्यमा भारी गिरावट देखियो । सोही कारणले कम्पनीको बजार पुँजीकरण १ खर्ब ५० अर्ब डलरले घट्न पुग्यो ।

ओपन एआईले एक क्रिप्टिक भिडियो पोस्टममार्फत् च्याट जीपीटी एटलास ब्राउजर सार्वजनिक गरेको थियो । ६ सेकेण्डको उक्त भिडियोमा ब्राउजरको झलक देखाइएको थियो ।

पछि एक लाइभ स्ट्रिमिंगको माध्यमबाट कम्पनीका सीईओ साम अल्टम्यानले सो ब्राउजर लञ्च गरेका थिए । उक्त अवसरमा अल्टम्यानले ब्राउजरले के सम्म पनि गर्न सक्छ भन्ने कुराको पुनर्विचार गर्ने मौका प्राप्त भएको र त्यो निकै दुर्लभ पल भएको बताए ।

ओपन एआईले उक्त एआई ब्राउजरको लञ्चिंगको असर तुरुन्तै बजारमा देखियो । गत मंगलबार च्याट जीपीटी ब्राउजर लञ्च भएको एक घण्टामै गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्यमा ४.८ प्रतिशतको गिरावट देखियो । यद्यपि बजार बन्द हुुँदा शेयर मूल्यमा केही सुधार आयो । तथापि समग्रमा मंगलबार अल्फाबेटको शेयर मूल्इमा २.४ प्रतिशतले गिरावट आई प्रतिशेयर २५०.४६ डलरमा रोकियो ।

प्रतिशेयर मूल्यमा आएको गिरावटका कारण अल्फाबेट कम्पनीको बजार मूल्यमा पनि भारी गिरावट देखियो । उसो त अल्फाबेटको बजार पुँजीकरण ३.०५ ट्रिलियन डलरको रहेको छ । त्यसमा डेढ खर्ब डलर एक दिनमै नोक्सान भएको छ ।

ओपन एआईलले आफ्नो च्याट जीपीटी एटलास ब्राउजरलाई क्रान्तिकारी प्रडक्ट भनेको छ । अर्थात् यो केवल गुगल क्रोमजस्ता पारम्परिक वेब ब्राउजरको प्रतिस्पर्धी मात्र होइन ।

हालका लागि यो एआई ब्राउजर केवल म्याक अपरेटिंग सिस्टममा मात्र उपलब्ध छ । छिटै नै यसलाई मोबाइल तथा विन्डोजमा पनि जारी गर्ने तयारी कम्पनीको छ ।

एटलास वेब ब्राउजरमा च्याट जीपीटीलाई सिधै वेबपेजमा एकीकृत गरिएको छ । त्यसैले अब प्रयोगकर्ताले च्याट जीपीटीमा कुनैपनि चिज सर्च गर्दा ट्याब परिवर्तन गर्नुपर्दैन ।

यो ब्राउजरको अर्को विशेष फिचर भनेको एजेन्ट मोड हो । यसमा एआईले प्रयोगकर्ताका लागि काम गर्न सुरु गर्दछ ।

यो मोडमा एआईले प्रयोगकर्ताको किबोर्ड तथा कर्सरलाई नियन्त्रण गर्दै टिकट बुक गर्नेदेखि कुनै चिजका बारेमा इन्टरनेटमा सर्च गर्नेसम्मका विभिन्न टास्कहरु पूरा गर्न सक्दछ । यावत् कामहरु यो ब्राउजरमा एआईले नै गरिदिनेछ र प्रयोगकर्ताले केवल कमान्ड दिएमात्रै हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...