मुख्य समाचार
पोखरामा सामान्य विवादमा एक जनाको कुटपिटबाट मृत्यु
पोखरामा सामान्य विवादमा एक जनाको कुटपिटबाट मृत्यु

। पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ प्रस्र्याङका ४५ वर्षीय अनिल पराजुलीको बिहान ४ः३० बजे हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा प्रहरीले सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सामान्य विवादमा तिमिल्सिनाले पराजुलीलाई कुटपिट गरेका थिए ।

प्रनाउ बस्नेतले भने, ‘प्रारम्भिक सोधपुछमा सामान्य विवादमा आक्रमण गरी हत्या गरिएको देखिएको छ, आक्रमणकारीलाई नियन्त्रणमा लिएका छौँ, घटनाको थप अनुसन्धान र सोधपुछ भइरहेको छ ।’

पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिएको थियो ।

मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास निर्माण गर्न चन्दा नउठाउने बताएका छन् । ओली निवास निर्माणका लागि गुण्डुबासीले नै योगदान गर्ने नेता बस्नेतको दाबी छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित निवास जलेपछि ओली भक्तपुरकै गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । अध्यक्ष ओलीका लागि अब बन्ने निवासलाई एमाले ...
। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुन:स्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने बताएका छन् । नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उनले संसद् पुन:स्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए । उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि ...
। रुकुमपूर्वमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । शनिबार साँझ करिब साढे पाँच बजे भूमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार रुकुमकोटतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२–००१ ह १४९३ नम्बरको अटो र विपरीत दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना ...
। अत्यधिक चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका लागि सदरमुकाम स्थानान्तरण गरिएको हो । गत असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी ...
। ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तिम पटक थप गरिएको म्यादभित्र संघीय संसद् भवनको काम सम्पन्न नभए हर्जाना तिराउने चेतावनी दिएका छन् । शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले थपिएको समय सीमाभित्र काम सम्पन्न नभए निर्माण कम्पनीलाई नियमानुसार हर्जाना तिराउन बाध्य हुने चेतावनी दिएका हुन् । संघीय संसद्को ...