मुख्य समाचार
लियोनल मेस्सी र उनको टिम भारत नआउने
लियोनल मेस्सी र उनको टिम भारत नआउने

। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम भारत नआउने भएका छन् ।

१७ नोभेम्बर मा हुने भनिएको मैत्रिपूर्ण खेलका लागि अर्जेन्टिना फुटबल एशोसिएसन (एएफए) को टिमका साथ आउन लागेका मेस्सीको यात्रा अन्तिम समयमा रोकिएको हो ।

उनी १७ नोभेम्बर अर्थात १ मंसिरमा केरलको कोच्चीमा अवस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने मैत्रिपूर्ण खेलका लागि भारत आउने भनिएको थियो ।

तर मैत्रिपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका म्यानेजिङ डायरेक्टर एन्टो अगस्टिनले सामाजिक सञ्जालमार्फत् खेल रद्द भएको जानकारी दिएका छन् ।

उनले प्रतियोगिताका लागि फिफाबाट अनुमति मिल्न ढिलाइ भएका कारण खेल रद्द भएको फेसबुकमा लेखेका छन् ।

एएफएसँग छलफल गरेर निर्णय लिइएको उनको भनाइ छ । बीबीसीका अनुसार केरलका खेलमन्त्रीले अर्जेन्टिनासँगको मैत्रिपूर्ण खेलको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकपमा छनोट भएर नेपाली क्रिकेट टोली अब आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई र अमेरिकासँगको शृंखला खेल्न यूएई पुगिसकेको छ । गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूलाई खुसी दिएको नेपाली टोलीले अब लिग २ मा गरेको पुनरागमनको बाटोमा अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा हुनेछ । लिग २ ...
। प्रिमियर लिगमा लिभरपुलको खराब लय जारी रहँदा ब्रेन्टफोर्डसँग ३-२ ले पराजित भएको छ । लिगमा लिभरपुलको यो लगातार चौथो हार हो । ब्रेन्टफोर्टको घरेलु मैदानमा भएको खेलमा डाङ्गो ओउटाराले पाँचौ मिनेटमै गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । केभिन सेडले ४५औं मिनेटमा गोल गर्दै ब्रेन्टोफर्डको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा लिभरपुलका मिलोस केर्केजले ...
: अर्जेन्टिना फुटबल टोली र स्टार खेलाडी लियोनेल मेस्सीले अर्को महिना भारतको केरला भ्रमण नगर्ने भएका छन्। लियोनेल मेस्सीको अर्जेन्टिना टोलीले अब अर्को महिना भारतमा खेल्ने छैन। यो खेल नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरू रंगशालामा हुने तालिका थियो। तर फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा आयोजना हुने भएपछि उनी भारत नआउने जनाएको छ। खेलको प्रायोजक रिपोर्टर ...
: भारतको इन्दौरमा अष्ट्रेलियाली महिला क्रिकेट टोलीसँग सम्बन्धित एउटा ठुलो सुरक्षा उल्लङ्घनको रिपोर्ट गरिएको छ। होटल रेडिसन ब्लूबाट क्याफे जाँदै गर्दा मोटरसाइकलमा सवार एक युवकले दुई खेलाडीलाई दुर्व्यवहार गरेको आरोप छ। घटना हुने बित्तिकै अष्ट्रेलियाली खेलाडीहरूले तुरुन्तै एसओएसमा सूचना पठाएका थिए। सुरक्षाकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगे। सुरक्षा अधिकारी ड्यानी सिमन्सको उजुरी पछि एमआईजी ...
— पिसासँग मिलानको बराबरी एसी मिलानले इटालीको सिरी ए मा शुक्रबार राति पिसालाई २–२ को बराबरीमा रोकेको छ । हारतर्फ अग्रसर रहेको मिलानका लागि जाचरी एथेकमले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरे । त्यस अगाडि सानसिरोमा मिलानले नै राफेल लियोओको गोलको मदतले अग्रता लिएको थियो । त्यसपछि यसै सिजन बढुवा भएको पिसाले दुई गोल ...