मुख्य समाचार
टी२० को लयलाई लिग टु मा पनि निरन्तरता दिने नेपालको लक्ष्य
टी२० को लयलाई लिग टु मा पनि निरन्तरता दिने नेपालको लक्ष्य

। लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकपमा छनोट भएर नेपाली क्रिकेट टोली अब आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई र अमेरिकासँगको शृंखला खेल्न यूएई पुगिसकेको छ ।

गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूलाई खुसी दिएको नेपाली टोलीले अब लिग २ मा गरेको पुनरागमनको बाटोमा अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा हुनेछ ।

लिग २ को यस शृंखला यही २६ अक्टोबरदेखि ५ नोभेम्बर (९-१९ कात्तिक) सम्म यूएईमा हुँदैछ । नेपालले पहिलो खेल २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ ।

टी-२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा छन् र लिग २ को उक्त शृंखला खेल्दैछन् । जसका लागि अन्तिम टोली घोषणा भइसकेको छ ।

विश्वकप छनोटमा खेलेको टोलीबाट मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिँदा अनिल साह, भीम सार्की र शाहब आलम टोलीमा भित्रिएका छन् ।

अधिकांश खेलाडी निरन्तर खेलमा सक्रिय नै रहेको हुँदा नेपालका लागि ती खेलाडीहरूको लय राम्रो हुनु फाइदाको विषय पनि हो । त्यही कारण पनि हालको लयलाई अब लिग २ का खेलहरूमा पनि निरन्तरता दिने नेपालको लक्ष्य हुनेछ ।

लिग २ मा पछिल्लो अवस्था

नेपाली टोलीले यसअघि गत असारमा स्कटल्यान्डमा गएर लिग २ को शृंखला खेलेको थियो, त्यो पनि एसोसियटका दुई बलिया टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध नै ।

उक्त शृंखला खेल्नुअघि नेपाल १२ खेलमा ६ अंक मात्र जोडेर ८ टोलीमध्ये सबैभन्दा पुछारमा थियो । उक्त शृंखलामा ३ खेल जित्दै नेपाल १६ खेलबाट १२ अंक जोड्दै एक स्थान माथि उक्लिएको थियो ।

त्यस शृंखलामा नेपाली टोलीले निकै स्तरीय प्रदर्शन गर्दै लिग २ मा पुनरागमनको सुरुवात भएको संकेत दिएको थियो । नेपालले नेदरल्याण्ड्सलाई दुवैपटक हराउँदा स्कटल्याण्डसँग एक खेलमा कीर्तिमानी जित निकालेको थियो ।

नेपालले अर्को खेलमा २ रनको हार बेहोरेको थियो । समग्रमा भन्नुपर्दा नेपालले एकपक्षीय खेल कुनैपनि हुन दिएन । पराजित हुँदा पनि जितको निकै नजिक पुगेर हारेको थियो ।

त्यसबाहेक नेपाली टोलीको मानसकिता र आत्मविश्वास पनि निकै बलियो देखिएको थियो । नेपाली टोली पहिलेभन्दा केही सुधारिएको, संयमित र जिम्मेवारीका साथ खेल प्रस्तुत गरेको देखिएको थियो ।

अब हुने शृंखलाबाट नेपालले तालिकाको स्थान धेरै सुधार गर्न नसक्ने भएपनि पछिल्लो लयका हिसाबले भने शृंखला धेरै नै महत्वपूर्ण हुने देखिएको छ ।

नेपालले सबै खेल जितेमा पनि २० अंकमा पुग्नेछ जुन् अवस्थामा नेपाल १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्छ ।

अबको चूनौती

नेपालका लागि यस शृंखला विपक्षीका हिसाबले भन्दा पनि फर्म्याटका हिसाबले केही चूनौतीपूर्ण बन्न सक्छ । नेपालले पछिल्लो ४ महिनादेखि ५० ओभरको कुनै खेल एवम् अभ्यास खेलेको छैन ।

असारमा लिग २ खेलेपछि निरन्तर टी-२०मा सक्रिय रहेका खेलाडीहरू केही दिनकै अन्तरमा ओडिआईमा स्वीच हुनुपर्ने अवस्था छ । त्यसमाथि पनि ३ खेलाडीबाहेक अन्य खेलाडी टी-२० कै टोलीबाट निरन्तरता पाएकाले त्यहाँ नेपालले ध्यान दिनुपर्ने विषय बन्न सक्छ ।

त्यस्तै नेपाली टोलीले ब्याटिङमा पनि ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लोपटक लिग २ खेल्दा ब्याटिङमा निकै सुधार भएको देखिएको थियो । सोही लयको खेल नेपालले सोही स्थानबाट सुचारु गर्नुपर्ने हुन्छ ।

टी-२० फर्म्याटमा लयमा नभएका ब्याटरहरूले संयमित प्रदर्शन गर्दै ओडिआई खेलको अवस्था बुझेर प्रदर्शन गर्न सकेको अवस्थामा नेपालले यो शृंखलाबाट महत्वपूर्ण ८ अंक नै बटुल्न सक्छ ।


विपक्षीको प्रदर्शन अनि हेड टु हेड

लिग २ को तालिकामा हाल अमेरिका २० खेलमा २८ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै १६ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १६ खेलमा ६ अंकसहित यूएई पुछारमा छ ।

अमेरिकाले हालसम्म १४ जित र ६ हारको नतिजा निकालेको छ । नेपाल र यूएईसँग यसअघि पनि खेलिसकेको अमेरिकाले यस लिग २ साइकलमा दुवै टोलीसँग हार बेहोरेको छैन ।

यस्तै यूएईले भने ३ जित निकाल्दा १३ हार बेहोरेको छ ।

नेपालले ओडिआईमा अमेरिकासँग हालसम्म ८ पटक खेलेको छ । जहाँ नेपालले ४ खेलमा जित निकाल्दा अमेरिकाले ३ खेल जितेको छ । एक खेल टाइ भएको थियो ।

त्यस्तै यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा, शाहब आलम

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...