मुख्य समाचार
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ

। गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका-२ राक्सेमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

कात्तिक ७ गते राति करिब १० बजे बुटवलबाट बागलुङतर्फ जाँदै गरेको मोटरसाइकल आफैं पल्टिँदा चालकको साथमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बागलुङ नगरपालिका-२ रुद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधानले चलाएको ध१प ५५८२ नम्बरको १२५ सिसीको होण्डा साइन मोटरसाइकल दुर्घटनामा परेपछि स्थानीयले उद्धार गर्ने क्रममा उनको झोलामा कालो प्लास्टिकमा राखिएको लागुऔषध देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले मनोजको साथबाट ३० एम्पुल डाइजेपाम, ३२ एम्पुल फेनार्गन र ३२ एम्पुल नै बुप्रेनोर्फिन बरामद गरेको छ ।

बरामद लागुऔषध, मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय रिडीमा ल्याइ मेडिकल परीक्षण गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) गंगाबहादुर सारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको ...
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले ...
: नेपाली कांग्रेसमा आबद्ध युवाहरूको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ। सोमवार नेपाल तरुण दलको स्थापना दिवसमा बोल्दै अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि अब चुप लागेर बस्ने अवस्था नभएको बताएका हुन्। उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि धावा बोलिरहेको भन्दै अब सडक संघर्षलाई ...
। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् । तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्वीकार्दै अघि बढ्नुपर्ने बताए । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई ...