मुख्य समाचार
मेस्सीले भारतको केरला भ्रमण नगर्ने भएका छन्
मेस्सीले भारतको केरला भ्रमण नगर्ने भएका छन्

: अर्जेन्टिना फुटबल टोली र स्टार खेलाडी लियोनेल मेस्सीले अर्को महिना भारतको केरला भ्रमण नगर्ने भएका छन्। लियोनेल मेस्सीको अर्जेन्टिना टोलीले अब अर्को महिना भारतमा खेल्ने छैन।

यो खेल नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरू रंगशालामा हुने तालिका थियो। तर फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा आयोजना हुने भएपछि उनी भारत नआउने जनाएको छ।


खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमा पोस्ट गर्दै खेलका लागि फिफाको अनुमति प्राप्त गर्न ढिलाइ भएको जानकारी दिए। यसले गर्दा अर्जेन्टिना फुटबल संघ (एएफए) सँगको बैठकपछि यो निर्णय गरिएको हो।

अर्जेन्टिनाको खेलको घोषणा केरलाका खेलकुद मन्त्रीले गरेका थिए। तर मन्त्री आफैँले एक पटक खेल रद्द भएको बताएका थिए। एएफएले अगस्टमा टोलीले कोच्चिमा खेल्ने पुष्टि गरेको छ। अब भारतमा हुने भनिएको खेल रद्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...