मुख्य समाचार
पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र संग्राहलयमा भएको चोरीमा संलग्नहरूको अनुसन्धानका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'को नमुना संकलन
पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र संग्राहलयमा भएको चोरीमा संलग्नहरूको अनुसन्धानका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'को नमुना संकलन

— फ्रान्सको पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र संग्राहलयमा भएको चोरीमा संलग्नहरूको अनुसन्धानका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'(औंठाछाप)को नमुना संकलन गरिएको छ । अनुसन्धानरत अधिकारीहरूले डकैतीमा संलग्नको खोजीका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'को नमुना संकलन गरेका हुन् ।


बेलायती अखबार द गार्डियनका अनुसार घटनास्थलमा छोडिएका उपकरणहरूबाट १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'का नमुनाहरू संकलन गरिएको हो । जसमा हेलमेट र पन्जा पनि समावेश छन् ।

गत १८ अक्टोबरमा फ्रान्सको ऐतिहासिक सम्पदाको परिचित नेपोलियन र उनका पत्नीहरूसँग सम्बन्धित बहुमूल्य रत्नहरू चोरी भएको थियो ।

सन् १८५५ मा नेपोलियन तृतीयकी पत्नी महारानी युजेनी डे मोन्टीजोको लागि बनाइएको हजारौँ बहुमूल्य रत्नहरूले जडित ऐतिहासिक युजेनी क्राउन (टियारा), एक हार र एउटा ब्रोचसहित नौ बहुमूल्य रत्नहरू चोरी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

फ्रान्सेली सरकारी वकिल लोर बेक्कुओलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चोरी भएका गहनाहरूको मूल्य ८८ मिलियन युरो पर्ने जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार, चोरीमा तीनदेखि चार जना संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल-जजिराका अनुसार ४ देखि ८ मिनेटभित्र यो चोरी भएको हो । अनुसन्धानकर्ताका अनुसार चोरी गर्नेहरूले भाग्ने क्रममा युजेनीको क्षतिग्रस्त मुकुट (युजेनी क्राउन/टियारा) को केही टुक्रा बाटोमा छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम