— भदौ २४ को प्रदर्शनपछि भक्तपुरमा हालसम्म १० जनालाई पक्राउ गरी हाजिरी जमानीमा छोडेको प्रहरीले जनाएको छ । प्रदर्शनमा सहभागी उनीहरूको शंकस्पद गतिविधिका आधारमा प्रहरी पक्राउ गरी सोधपुछ पछि हाजिरी जमानीमा छोडेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका घटनाको विषयमा छानबिन गरिरहेको तथा गृह मन्त्रालय र विभागबाट के कस्तो कारबाही गर्ने भन्ने विषयमा स्पष्ट निर्देशन नआएका कारण पक्राउ गरिएका १० जना व्यक्तिहरूलाई हाजिरी जमानीमा छोडेको उनले बताए । १० जना व्यक्तिहरू प्रदर्शनमा सहभागी भएको तर आगजनी, तोडफोड तथा प्रहरीको हातहतियार लुटपातमा संलग्नता नरहेको प्रहरी नायब उपरिक्षक जबेगुले बताए । आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गर्ने तथा प्रहरीको हातहतियार लुटपाट गर्नेहरू माथि भने सामाजिक सञ्जालका भिडियो तथा सीसीटिभी क्यामेराको भिडियोका आधारमा निगरानी बढाएको उनले जानकारी दिएको छ ।
भदौ २४ को प्रदर्शनमा भक्तपुरको जगाति प्रहरी वृत्तमा आगजनी र तोडफोड गरी हातहतियारहरू लुटिएका थिए ।