: अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिका-७ ढिकुराबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४३५२ नम्बरको जीप आज बिहान छत्रदेव गाउँपालिका ५ को दोहोरो चौपारीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए। उनका अनुसार घाइते ९ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
ब्रेक फेल भई पक्की सडकमा अनियन्त्रित भएपछि जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ७० वर्षीय भोजराज भुषाललाई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको र अन्य ८ जना घाइतेहरु अर्घाखाँची अस्पतालमा उपचारपछि घरमा पठाइएको शर्माको भनाइ छ ।