मुख्य समाचार
झापामा सर्पको टोकाइबाट बालकको मृत्यु
झापामा सर्पको टोकाइबाट बालकको मृत्यु

— सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन् ।


घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो । खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो ।

शुक्रबार साँझ ५ बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लैजाने क्रममा बालकको बाटोमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटनामा परि वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको गएराती मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल सतौंचण्डीस्थान जाने सडक आम्बोटमा दुर्घटनामा परेको थियो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। सतौंबाट आफ्नो निवास लामागेतर्फ आउँदै गर्दा दुर्घटनामा परेका ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे । 'राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन,' गृहमन्त्री अर्यालले ...
: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा बजेट कार्यान्वयनमा समस्या परेको बताएका छन्। एमाले अर्घाखाँची जिल्लाले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको जानकारी गराएका हुन्। उनले भने,‘संघीय सरकारले ...
— मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङको शनिबार मृत्यु भएको हो । काङला फेदी (करिब ४,५०० मि.) बाट पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ...
— भदौ २४ को प्रदर्शनपछि भक्तपुरमा हालसम्म १० जनालाई पक्राउ गरी हाजिरी जमानीमा छोडेको प्रहरीले जनाएको छ । प्रदर्शनमा सहभागी उनीहरूको शंकस्पद गतिविधिका आधारमा प्रहरी पक्राउ गरी सोधपुछ पछि हाजिरी जमानीमा छोडेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ...