मुख्य समाचार
अष्ट्रेलियाली महिला क्रिकेटरमाथि दुर्व्यवहार
अष्ट्रेलियाली महिला क्रिकेटरमाथि दुर्व्यवहार

: भारतको इन्दौरमा अष्ट्रेलियाली महिला क्रिकेट टोलीसँग सम्बन्धित एउटा ठुलो सुरक्षा उल्लङ्घनको रिपोर्ट गरिएको छ। होटल रेडिसन ब्लूबाट क्याफे जाँदै गर्दा मोटरसाइकलमा सवार एक युवकले दुई खेलाडीलाई दुर्व्यवहार गरेको आरोप छ।



घटना हुने बित्तिकै अष्ट्रेलियाली खेलाडीहरूले तुरुन्तै एसओएसमा सूचना पठाएका थिए। सुरक्षाकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगे। सुरक्षा अधिकारी ड्यानी सिमन्सको उजुरी पछि एमआईजी प्रहरी स्टेशनमा एफईआर दर्ता गरिएको थियो। प्रहरीले अभियुक्त अकील खानलाई पक्राउ गरेको छ।


सहायक प्रहरी आयुक्त हिमानी मिश्राले दुवै खेलाडीको बयान लिएकी छन्। हिमानीले एक जना यात्रुले संदिग्धको मोटरसाइकल नम्बर नोट गरेका थिए। यसले गर्दा अभियुक्त अकील खानलाई पक्राउ गरिएको उनले बताइन्। अकील खानविरुद्ध पहिले पनि धेरै आपराधिक मुद्दा छन् र अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...