मुख्य समाचार
हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्ती तटमा छठ पर्व मनाउने तयारी
हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्ती तटमा छठ पर्व मनाउने तयारी

— हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्ती तटमा छठ पर्व मनाउने तयारी भइरहेको छ । विशेषगरी तराई मधेशमा भव्यताका साथ मनाइने छठ पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।


संयुक्त मधेशी सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार नदी किनारमा व्रतालु बस्न मिल्ने गरी धमाधम पन्डाल हाल्ने र प्रवेशद्वार बनाउने कार्य सकिएको छ । 'अब सिँगारपटारको काम मात्र बाँकी छ । हेटौंडा बजार क्षेत्रको राप्ती रोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती, नदी छिर्न मूल गेट, सहायक गेट समेत निर्माण गरिएको छ,' उनले भने ।

हेटौंडामा प्रत्येक वर्ष छठ पर्व मनाउनेको संख्या बढ्दै गएको छ । विशेषतः मधेशी समुदायले मनाउने छठ पर्व मकवानपुरमा पहाडी समुदायले पनि मनाउन थालेका छन् । छठले मकवानपुरमा मधेशी र पहाडी समुदायबीचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको छ ।

यस वर्ष हेटौंडाको राप्तीतटमा ६५ हजार भक्तजन आउने आयोजकको अनुमान छ । सामूहिक पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइको पण्डाल राप्तीतटमा टाँगिएको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए । तराईमधेश, पहाड र हिमाल जोड्ने यो छठपर्व सेतुको रुपमा रहेको छ । यो पर्व कुनै समुदायको मात्र नभएर सिंगो मुलुकको साझा पर्वको रुपमा रहेको आयोजकले बताएका छन् ।

सूर्यदेवको आराधना र उपासना गर्ने कैयौं व्रतालु पहाडिया पनि हुन्छन् । यो समावेशी पर्व बन्दै गएको छ । शनिबार छठको पहिलो दिन व्रतालु नहाय खाय गरी छठ आरम्भ गर्छन् । दोस्रो दिन अर्थात् आइतबार खरना विधि गरिन्छ । तेस्रो दिन सोमवार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर व्रत समाप्त हुने छठ पूजा समारोह संयोजक रविरञ्जन कुमार कलवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटनामा परि वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको गएराती मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल सतौंचण्डीस्थान जाने सडक आम्बोटमा दुर्घटनामा परेको थियो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। सतौंबाट आफ्नो निवास लामागेतर्फ आउँदै गर्दा दुर्घटनामा परेका ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे । 'राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन,' गृहमन्त्री अर्यालले ...
: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा बजेट कार्यान्वयनमा समस्या परेको बताएका छन्। एमाले अर्घाखाँची जिल्लाले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको जानकारी गराएका हुन्। उनले भने,‘संघीय सरकारले ...
— मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङको शनिबार मृत्यु भएको हो । काङला फेदी (करिब ४,५०० मि.) बाट पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ...
— भदौ २४ को प्रदर्शनपछि भक्तपुरमा हालसम्म १० जनालाई पक्राउ गरी हाजिरी जमानीमा छोडेको प्रहरीले जनाएको छ । प्रदर्शनमा सहभागी उनीहरूको शंकस्पद गतिविधिका आधारमा प्रहरी पक्राउ गरी सोधपुछ पछि हाजिरी जमानीमा छोडेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ...