मुख्य समाचार
टर्कीमा आप्रवासी सवार डुंगा दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु
टर्कीमा आप्रवासी सवार डुंगा दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु

— आप्रवासी सवार डुंगा दुर्घटना हुँदा टर्कीको दक्षिण पश्चिम भागमा पर्ने बोड्रम पेनन्सुलास्थित समुन्द्रमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।


घटनास्थल टर्कीको राजधानी अंकाराबाट स्थलमार्गमा कम्तीमा ७ सय ५० किलोमिटर दुरीमा पर्छ । मुग्ला राज्यमा पर्ने समुन्द्रमा भएको उक्त दुर्घटनामा केही यात्रुहरु भने पौडी खेलेर बाँच्न सफल भएको अल जजिराले जनाएको छ ।

बाँच्न सफल एक अफगान व्यक्तिले रबरको उक्त डुंगामा १८ यात्रु सवार रहेको र डुंगामा पानी पस्न थालेपछि उक्त दुर्घटना भएको बताएका छन् । खोज तथा उद्दार टोलीले डुंगा, हेलिकोप्टर र विशेष गोताखोर टोलीले घटनास्थलबाट कसैको जीवितै उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरेका थिए ।

गल्फन्यूजका अनुसार आप्रवासीहरु छोटो तर जोखिमपूर्ण यो सामुन्द्रिक मार्ग हुँदै ग्रीस छिर्ने प्रयासमा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युजमसिन्सले अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको छ । कम्पनीले ‘फ्युज’ टिकरसहित स्थानीय समयअनुसार बिहीबारबाट कारोबार सुरु गरेको हो । विशेषगरी प्रविधि उद्योगका ठूला कम्पनीको सूचीकरणका लागि प्रसिद्ध नास्डाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, मेटाजस्ता ठूला टेक कम्पनी सूचीकृत छन् । फ्युजमसिन्सले सीएसएलएम एक्विजिसन करसँगको व्यापारिक संयोजन पूरा गरेपछि नास्डाक ...
— भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादलको बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उत्प्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । ...
: युक्रेनी विभिन्न सहरमा रुसी ड्रोन र मिसाइल आक्रमणमा दुई बालबालिकासहित कम्तीमा ६ जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणमा कम्तीमा २१ जना घाइते भएको बताए। जेलेन्स्कीले निरन्तर आक्रमण युद्ध रोक्नका लागि रुसमाथि पर्याप्त दबाब अझै लागू गरिएको छैन भन्ने प्रमाण भएको बताए। आक्रमण हुनुभन्दा केही घण्टा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...
: रुसले बुधबार आफ्नो तालिकाअनुसार आणविक अभ्यास गरेको छ। युक्रेन युद्धलाई लिएर युरोपमा तनाव बढिरहेका बेला यो अभ्यास गरिएको हो। नेटोले पनि यस्तै वार्षिक अभ्यास सुरु गरेको एक सातापछि रुसले पनि अभ्यास गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने,'हामी योजना अनुसार परमाणु शक्तिलाई प्रशिक्षण दिइरहेका छौँ।' नेटोले गत हप्ता उत्तरी सागरमा आफ्नो वार्षिक परमाणु अभ्यास पनि सुरु ...
युक्रेनसँग शान्ति सम्झौता गर्न मस्कोलाई थप दबाव दिनका लागि अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका प्रतिबन्धहरूको निशानामा रोसनेफ्ट र लुकोएल रहेको बीबीसीले उल्लेख गरेको छ। राष्ट्रपति ट्रम्पले भने, ‘हरेक पटक जब म भ्लादिमिर (पुटिन)सँग कुरा गर्छु, कुरा राम्रै हुन्छ तर अगाडि बढ्दैन।’ ट्रम्पले ...