: कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका-३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय, जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाईं र निशा बजगाईंको मृत्यु भएको बताए।
बजगाई जुम्ल्याहा दिदीबहिनी हुन्। नहरमा डुबेको अवस्थामा उद्धार गरेर टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए। तीनै जनाको शव अस्पतालमा राखिएको छ।