मुख्य समाचार
मोटरसाइकल एक आपसमा ठक्कर हुँदा एकको मृत्यु, ३ जना घाइते
मोटरसाइकल एक आपसमा ठक्कर हुँदा एकको मृत्यु, ३ जना घाइते

: पाल्पामा दुई मोटरसाइकल एक आपसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा बगनासकाली गाउँपालिका-९ का २८ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिए। मृतक विक लु १३ प ८६३५ नम्बर मोटरसाइकलको पछाडि सवार थिए।



तानसेन बाट रामपुर तर्फजाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशा बाट आएको लु ७७ प ४५०५ नम्बरको मोटरसाइकल कालीगण्डकी करिडोरको तुरुङ्दी खोलामा एक आपसमा ठक्कर खाई शुक्रवार दिउँसो साढे २ बजे दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ।


दुर्घटनामा घाइते भएका ४ जनाको रामपुर अस्पतालमा उपचारका लागि लगिएकोमा घाइते अर्जुन विकलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरे। अन्य ३ जनाको रामपुर अस्पतालमै उपचार भइरहेको छ उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।



घाइते हुनेहरूका लु १३ प ८६३५ का चालक बगनासकाली-९ पाल्पाका ५१ वर्षीय विष्णु प्रसाद विक, लु ७७ प ४५०५ का चालक स्याङ्जा चापकोट नगरपालिका ९ का २९ वर्षीय विवेक भट्टराई र पटाडि सवार तिलोत्तमा नगरपालिका ५ मणिग्राम रुपन्देहीका दीपक पाण्डे रहेको पाल्पा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माण व्यवसायीले काम सुरु गरेको आठ महिनामा बुटवल–गोरुसिंगे सडक विस्तारको काममा १५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुका पाँच महिना तीव्र गतिमा काम भएको यो सडक खण्डमा पछिल्ला तीन महिना कामदार अभावले गति सुस्त बनेको हो । निर्माण व्यवसायीले असारदेखि कामदार अभावको सामना गर्नुपरेकाले निर्माणको गति कमजोर भएको र छठपछि तीव्र रूपले निर्माणको काम सुरु हुने ...
— सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कुल ४०० केभी क्षमताको ...
— स्याङ्जामा मोटरसाइकल दुर्घटनामा हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ । राष्ट्रिय कृषि परियोजना इकाई कार्यालय पोखराको प्रमुख रहेका ४५ वर्षीय लम्साल पुतलीबजार नगरपालिका–१४ लामागे निवासी हुन् । शुक्रबार बिहान साथीहरुसँग सोही ठाउँमा रहेको चण्डी सत्तौ मन्दिर गएका थिए । मन्दिरबाट फर्किने क्रममा उनी एक्लै थिए । आमडाँडास्थित लम्साल सवार लु ५१ प ३७९७ ...
— काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका ...
: कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका-३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय, जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाईं र निशा बजगाईंको मृत्यु भएको ...