मुख्य समाचार
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन्
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन्

— छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन् । (शनिबार)देखि औपचारिक रूपमा सुरु हुन लागेको छठ पर्वका तयारी स्वरूप पोखरीहरू सिँगारिएका हुन् ।


छठका लागि जनकपुरधामका गंगासागर, अरगजा सागर, दशरथ तलाव, धनुषसागर, मटकोरवा पोखरीलगायतका पोखरी तथा जलाशयहरूमा पण्डाल र विद्युतीकरण गरेर सिँगारिएको छ । गंगासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा व्यवस्थित रूपमा घाट सिँगारिएको बताए । उनका अनुसार हरेक वर्ष श्रद्धालुहरूले अर्घका सामग्री घरबाट लिएर आउने गर्छन् र सम्बन्धित घाटमा सजावटको काम गरिन्छ । गंगासागर घाटमा अहिले पण्डाल राख्ने काम भइरहेको छ भने झिलिमिली बत्तीको काम बाँकी रहेको छ । गंगासागरमा तीनवटा समितिले सजावटको काम गर्ने गरेका छन् ।


त्यस्तै, अरगजा सागरमा छठ घाट निर्माण कार्य गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिए लगत्तै तयारी सुरु भएको बताए । उनका अनुसार सरसजावट तथा सफाइका लागि हाल मजदुर घटाइएको छ । कर्णले यस पोखरीमा हिन्दु मात्र नभई मुस्लिम समुदायका केही व्यक्तिहरू पनि सहभागी हुने गरेको जानकारी दिए ।


छठ पर्वका लागि सामग्री खरिद–विक्री गर्न बजारमा पनि चहलपहल बढेको छ ।

चार दिनसम्म मनाइने छठ पर्व भोली (शनिबार)देखि औपचारिक रूपमा सुरु हुँदैछ । चार दिन लामो यस पर्वमा व्रतालुहरूले दुई दिनसम्म अन्न पानी विना उपवास बस्नुपर्छ । यस पर्वअन्तर्गत पहिलो दिन शनिबार ‘नहाय–खाय’ हुन्छ । दोस्रो दिन आइतबार दिनभर उपवास रही राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने गरिन्छ । यस विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै, तेस्रो दिन सोमबार मूल दिन मानिन्छ, जसमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाँडी, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्री स्वच्छ र पवित्र रूपमा व्यवस्था गरिन्छ । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । चौथो दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरिन्छ ।

छठ पर्वको अवसरमा संघ सरकारले पर्वको मुख्य दिन सार्वजनिक बिदा दिएको छ भने मधेस प्रदेश सरकारले त्यसको भोलिपल्ट अर्थात् चौथो दिन प्रदेशभर बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माण व्यवसायीले काम सुरु गरेको आठ महिनामा बुटवल–गोरुसिंगे सडक विस्तारको काममा १५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुका पाँच महिना तीव्र गतिमा काम भएको यो सडक खण्डमा पछिल्ला तीन महिना कामदार अभावले गति सुस्त बनेको हो । निर्माण व्यवसायीले असारदेखि कामदार अभावको सामना गर्नुपरेकाले निर्माणको गति कमजोर भएको र छठपछि तीव्र रूपले निर्माणको काम सुरु हुने ...
— सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कुल ४०० केभी क्षमताको ...
— स्याङ्जामा मोटरसाइकल दुर्घटनामा हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ । राष्ट्रिय कृषि परियोजना इकाई कार्यालय पोखराको प्रमुख रहेका ४५ वर्षीय लम्साल पुतलीबजार नगरपालिका–१४ लामागे निवासी हुन् । शुक्रबार बिहान साथीहरुसँग सोही ठाउँमा रहेको चण्डी सत्तौ मन्दिर गएका थिए । मन्दिरबाट फर्किने क्रममा उनी एक्लै थिए । आमडाँडास्थित लम्साल सवार लु ५१ प ३७९७ ...
— काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका ...
: कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका-३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय, जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाईं र निशा बजगाईंको मृत्यु भएको ...