मुख्य समाचार
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

: १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा टोखा नगरपालिका-१ सिमाचौर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय राहुल कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।



ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माण व्यवसायीले काम सुरु गरेको आठ महिनामा बुटवल–गोरुसिंगे सडक विस्तारको काममा १५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुका पाँच महिना तीव्र गतिमा काम भएको यो सडक खण्डमा पछिल्ला तीन महिना कामदार अभावले गति सुस्त बनेको हो । निर्माण व्यवसायीले असारदेखि कामदार अभावको सामना गर्नुपरेकाले निर्माणको गति कमजोर भएको र छठपछि तीव्र रूपले निर्माणको काम सुरु हुने ...
— सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कुल ४०० केभी क्षमताको ...
— स्याङ्जामा मोटरसाइकल दुर्घटनामा हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ । राष्ट्रिय कृषि परियोजना इकाई कार्यालय पोखराको प्रमुख रहेका ४५ वर्षीय लम्साल पुतलीबजार नगरपालिका–१४ लामागे निवासी हुन् । शुक्रबार बिहान साथीहरुसँग सोही ठाउँमा रहेको चण्डी सत्तौ मन्दिर गएका थिए । मन्दिरबाट फर्किने क्रममा उनी एक्लै थिए । आमडाँडास्थित लम्साल सवार लु ५१ प ३७९७ ...
— काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका ...
: कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका-३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय, जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाईं र निशा बजगाईंको मृत्यु भएको ...