मुख्य समाचार
काठमाडौंको नरेफाँटबाट भदौ २४ गते लुटिएको पेस्तोलको गोलीसहित २ किशोरलाई गोलीसहित पक्राउ
काठमाडौंको नरेफाँटबाट भदौ २४ गते लुटिएको पेस्तोलको गोलीसहित २ किशोरलाई गोलीसहित पक्राउ

: प्रहरीले काठमाडौंको नरेफाँटबाट भदौ २४ गते लुटिएको पेस्तोलको गोलीसहित २ किशोरलाई गोलीसहित पक्राउ गरेको छ। शुक्रबार नरेफाँटबाट बर्दियाको बढैया गाउँपालिका-३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापा मगर पक्राउ परेका हुन्।



गिरीसँग सोधपुछका क्रममा भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली लाजिम्पाटबाट लुकाएर राखेको अवस्थामा फेला परेको हो। उनको डेराबाट ३११-२३ लेखिएको पेस्तोलका ३ थान गोली फेला परेको छ। गिरीसँगको बयानका आधारमा थापा मगरसँग पनि गोली रहेको खुलेको हो।


थापा मगरको काठमाडौँ महानगरपालिका मालिगाउँ आनन्द भैरव मार्गस्थित रहेको डेरा कोठा खानतलासी गर्दा ३११-२३ लेखिएको पेस्तोलको गोली २ थान, छालाको पेटी वेल्टको बक्कल एक सेट फेला पारी बरामद गरिएको प्रहरीको भनाई छ।



उनीहरुलाई जरुरी पक्राउ पुर्जी दिई थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटनामा परि वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको गएराती मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल सतौंचण्डीस्थान जाने सडक आम्बोटमा दुर्घटनामा परेको थियो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। सतौंबाट आफ्नो निवास लामागेतर्फ आउँदै गर्दा दुर्घटनामा परेका ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे । 'राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन,' गृहमन्त्री अर्यालले ...
: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा बजेट कार्यान्वयनमा समस्या परेको बताएका छन्। एमाले अर्घाखाँची जिल्लाले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको जानकारी गराएका हुन्। उनले भने,‘संघीय सरकारले ...
— मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङको शनिबार मृत्यु भएको हो । काङला फेदी (करिब ४,५०० मि.) बाट पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ...
— भदौ २४ को प्रदर्शनपछि भक्तपुरमा हालसम्म १० जनालाई पक्राउ गरी हाजिरी जमानीमा छोडेको प्रहरीले जनाएको छ । प्रदर्शनमा सहभागी उनीहरूको शंकस्पद गतिविधिका आधारमा प्रहरी पक्राउ गरी सोधपुछ पछि हाजिरी जमानीमा छोडेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ...