मुख्य समाचार
सप्तरीको राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा २० प्रतिशत पनि राजस्व उठाउन सकेको छैन
सप्तरीको राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा २० प्रतिशत पनि राजस्व उठाउन सकेको छैन

— सप्तरीको राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा २० प्रतिशत पनि राजस्व उठाउन सकेको छैन । कूल ८ करोड १७ लाख १५ हजार रुपैयाँ वार्षिक लक्ष्य लिएको भन्सारले असोजसम्म १८.५१ प्रतिशत मात्र राजस्व उठाएको हो ।


मासिक लक्ष्यअनुसार साउनमा ५९.९० र भदौमा ५९.३ प्रतिशत मात्र राजस्व उठेको छ भने असोजमा वृद्धि भइ १०३.४४ प्रतिशत राजस्व उठेको हो ।

भन्सारले साउनमा ६६ लाख ७३ हजार, भदौमा ६८ लाख ४६ हजार र असोजमा ६८ लाख ५२ हजार लक्ष्य लिएको थियो । जीर्ण सडकले ढुवानी गर्न समस्या भइरहँदा ठूला व्यापारी नआउनु र क्वारेन्टाइन नहुनुले राजस्व संकलनमा कमी आएको भन्सारका सूचना अधिकारी नायब सुब्बा विजयकुमार साहले बताए ।

‘चोरी पैठारीले पनि राजस्व संकलनमा कमी आएको हो,’ उनले भने, ‘हुन त हामीले असोज महिनामा मासिक लक्ष्यअनुसार १०३.४४ प्रतिशतसम्म राजस्व उठायौं तर कहिलेकाहीँ सुराकी पाएर पनि जनशक्ति अभावका कारण समयमै पुग्न सकिरहेको छैन ।’

जेन–जी आन्दोलनपछिको अवस्थाले पनि नाकामा चोरी पैठारी नियन्त्रण गर्न समस्या भइरहेको उनले बताए । ‘३० मिनेटअघि सुराकी आएको ठाउँसम्म त हामी पुगेको पनि हो तर त्योभन्दा कम समय पाएको खण्डमा पुग्न समस्या भइरहेको छ,’ उनले भने । गत वर्ष पनि ८ करोड ८१ हजार ७९ हजार लक्ष्य लिएको भन्सारमा ८९.९९ प्रतिशत (७ करोड २२ लाख ९४ हजार) मात्र राजस्व उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण प्रदूषण न्यूनीकरणका लागि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको भए ...
: झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। झापा जिल्लाका आम उद्योगी–व्यवसायीहरूको साझा संस्था झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको संरक्षणमा आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला (फुटबल मैदानबाहेक) क्षेत्रमा महोत्सव हुन लागेको हो। २०७३ फागुन १२ गते पहिलो पटक ...
— सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ...
पालमा सञ्चालित उद्योग आधाभन्दा कम क्षमता उपयोगमा सञ्चालन भइरहेको राष्ट्र बैंकको आर्थिक गतिविधि प्रतिवेदनले औंल्याएको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम