: मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का सञ्जितकुमार महतोलाई नियन्त्रण लिइएको छ। उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।