मुख्य समाचार
अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग पनि जनकपुर बोल्ट्सबाटै खेल्ने
अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग पनि जनकपुर बोल्ट्सबाटै खेल्ने

। अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजन पनि अनुबन्ध गरेको जनाएको हो ।

एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् ।

नेपाल क्रिकेट संघले तीन वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा उनले लुम्बिनी अल स्टारबाट खेलेका थिए । अल स्टार टोलीलाई च्याम्पियन बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा ४१ रन बनाएका थिए ।

मिलान्थालाई अनुबन्ध गर्न रणनीतिक कदम भएको र उनको यसअघिको अनुभव एनपीएलका लागि राम्रो हुने जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले बताए ।

‘लाहिरु मिलान्थालाई अनुबन्ध गर्नु जनकपुर बोल्ट्सका लागि रणनीतिक कदम हो । उनीसँग यसअघि नेपालमा खेलेको अनुभव छ र त्यो हाम्रो लागि ठूलो सम्पत्ति हो । जसले उनलाई स्थानीय अवस्था र प्रशंसकको अपेक्षाहरूबारे जानकारी हुनेछ,’ श्रेष्ठले भने, ‘उनले त्यो अनुभवलाई आफ्नो खेल कौशलसँग मिलाएर एनपीएलमा हाम्रो टिमका लागि राम्रो प्रदर्शन गर्नेमा हाम्रो विश्वास छ,’ जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले भने ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...