मुख्य समाचार
शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

: शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आज बिहान ८ : २० बजे किर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए।

उनी रसुवाको लहरेकुवा गाउँपालिका- २ घर भई काठमाडौंको दहचोक बस्दै आएकी थिइन्।

गत शनिबार दिउँसो साढे २ बजेतिर स्टुडियोमा रहेकै अवस्थामा पौडेल आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। पौडेलको ५५ प्रतिशत शरीरको भाग जलेको थियो। गिरीको म्युजिक स्टुडियोमा भेट भई दुबै जना बीच आपसी विवादको कारणले पौडेलले आफ्नै शरीरमा आफैँले पेट्रोल छर्किएर आत्मादाहको प्रयास गरेकी प्रहरीको भनाई छ।


उक्त घटनाबारे सोधपुछका लागि गायक बाबुल भनिने धन बहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। भट्टराईका अनुसार, घटनाको अनुसन्धान गर्नका लागि स्टुडियो सञ्चालक समेत रहेका गिरीलाई नियन्त्रणमा लिइएको हो। घाइते महिलाको परिवार, आफन्त र प्रत्यक्षदर्शीलाई पनि सोधपुछका लागि प्रहरीमा बोलाइएको छ।

घटनामा गिरी पनि घाइते भएका थिए। उनको हात खुट्टामा सामान्य जलेको थियो। अनुसन्धान अधिकृतहरूले गिरीसँग घटना र कारणबारे सोधपुछ गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पपस्टार टेलर स्विफ्ट सन् २०२५ मा मनोरञ्जन तथा मिडिया क्षेत्रमा विश्वकै सबैभन्दा शक्तिशाली महिला घोषित भएकी छिन् । फोर्ब्स म्यागजिनले विहिबार यसवर्षको शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । स्विफ्ट सूचीको २१ औं स्थानमा छिन् । मनोरञ्जन विधातर्फ उनी पहिलो स्थानमा हुँदा टेलिभिजन पर्सनालिटी तथा सामाजिक अभियन्ता ओफ्रा विन्फ्रे सूचीको दोस्रो स्थानमा छिन् । पपस्टार ...
। आउँदो शनिबार हुने ‘पोखरा विन्टर फेस्ट’मा चर्चित भारतीय गायक सञ्जु राठोडले प्रस्तुति दिने भएका छन् । लेकसाइडको खहरेस्थित क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो । राठोडका गीतहरू गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत हिट छन् । उनी केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण सांगीतिक प्रस्तुति ...
। सन् २०२५ मा हलिउडका लोकप्रिय फिल्मको सूची सार्वजनिक भएको छ । आइएमडीबीले बुधबार शीर्ष १० सूची सार्वजनिक गरेको हो । सूचीको शीर्षस्थानमा जेम्स गन निर्देशित फिल्म ‘सुपरम्यान’ छ । समीक्षकले समेत रुचाएको डीसी स्टुडियोको यो फिल्मले बक्सअफिसमा समेत उत्कृष्ट कमाइ गर्न सक्यो । विश्वभरबाट आफ्नो पृष्ठ भिजिट गर्ने २५० मिलियन व्यक्तिको सर्चको आधारमा लोकप्रिय सूची सार्वजनिक ...
। विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३ औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ बिहीबारदेखि सुरु भएको छ । ‘बालअधिकार’ भन्ने नाराका साथ यही मंसिर २९ गतेसम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए । “हामीले २६ देशका ५० चलचित्र प्रदर्शन गर्दैछौँ, ...
— गत जुन २०मा रिलिज भएको फिल्म ‘सितारे जमीन पर’ सफल हुनुको पछाडि होला ? हालै सम्पन्न भएको ‘हिन्दुस्तान टाइम्स लिडरशिप समिट’मा सहभागी भएका अभिनेता आमिर खानले यसबारे बताए । उनीसँग सोधिएको थियो, ‘आजकल थिएटरमा दर्शक कसरी ल्याउने ?’ एक्सन, सुपरहिरो वा भव्य फिल्मबाहेक अरू थिएटरमा चल्दैनन् भन्ने मान्यता बलिउड वृत्तमा देखिएको बेला आमिरले अर्थपूर्ण जवाफ दिए ...