मुख्य समाचार
अष्ट्रेलिया अलराउण्ड विलियम बोसिस्टोले नेपाल प्रिमियर लिगको दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने
अष्ट्रेलिया अलराउण्ड विलियम बोसिस्टोले नेपाल प्रिमियर लिगको दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने

। अष्ट्रेलिया अलराउण्ड विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् ।

पहिलो सिजनको एनपीएल कर्णालीबाट खेलेका बोसिस्टोलाई दोस्रो सिजनका लागि पनि कर्णाली याक्सले स्पोट्स प्रालीले अनुबन्ध गरेको हो ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अस्ट्रेलिया यु–१९ टिमका पूर्व खेलाडी बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी गराए ।

बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई अनुबन्ध गरिसकेको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले बोसिस्टोको पहिलो संस्करणको अनुभवले दोस्रो संस्करणमा फाइदा पुग्ने बताएका छन् । ‘पहिलो संस्करणमा सोचेको जस्तो प्रदर्शन भएपछि दुबै पक्ष दोस्रो संस्करणमा पनि निरन्तरता दिन सहमती भयो,’ निर्देशक घिमिरेले भने, ‘दोस्रो संस्करण झनै राम्रो हुने विश्वास लिएका छौं ।’

बोसिस्टो लगातार दोस्रो पटक कर्णाली याक्सबाट खेल्दैछन् । पहिलो संस्करणको उनको प्रदर्शन प्रभावशाली रहेको थियो । ३२ वर्षीय खेलाडीले ७ खेलमा दुई अर्धसतकसहित १ सय ९४ रन बनाउनुका साथै ९ विकेट लिएका थिए । उनको अलराउण्ड प्रदर्शनमा कर्णाली पहिलो सिजन प्लेअफ प्रवेश गर्दै दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

बासिस्टो सन् २०१२ मा भएको यु–१९ विश्वकप क्रिकेटमा उपविजेता हुँदा अस्ट्रेलियन टिमको कप्तान थिए । उनी प्लेयर अफ दि टुर्नामेन्ट हुँदा ६ खेलमा २ सय ७६ रन बनाएका थिए ।

बोसिस्टोले २८ फर्स्ट क्लास क्रिकेट म्याच खेल्दै कुल ११०० भन्दा धेरै रन बनाएका छन् । त्यस्तै उनले १७ विकेट पनि लिएका छन् । यस्तै टी२० क्रिकेटमा उनले २१ खेल खेल्दै ४०० रन बनाएका छन् भने ३ विकेट समेत लिएका छन् । एनपीएलको पहिलो संस्करण खेेलपछि बंगलादेश प्रिमियर लिग खेल्न गएका उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेका थिए । जहाँ उनले खुल्नाका लागि १० खेलमा २ अर्धशतक सहित २९८ रन बनाएका थिए ।

निर्देशक घिमिरेले अन्य विदेशी खेलाडी पनि चाँडै सार्वजनिक गरिने जानकारी दिए ।

दुई विदेशी खेलाडी अनुबन्ध गर्दै कर्णाली याक्सले दोस्रो संस्करणको एनपीएलका लागि आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ ।

एनपीएलको दोस्रो कर्णालीका लागि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ भने कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...