: युक्रेनी विभिन्न सहरमा रुसी ड्रोन र मिसाइल आक्रमणमा दुई बालबालिकासहित कम्तीमा ६ जनाको मृत्यु भएको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणमा कम्तीमा २१ जना घाइते भएको बताए।
जेलेन्स्कीले निरन्तर आक्रमण युद्ध रोक्नका लागि रुसमाथि पर्याप्त दबाब अझै लागू गरिएको छैन भन्ने प्रमाण भएको बताए।
आक्रमण हुनुभन्दा केही घण्टा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुडापेस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको योजनाबद्ध बैठक स्थगित गरिएको घोषणा गरेका थिए।
यसैबीच रुसले ट्रम्प र युरोपेली नेताले गरेको युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ।