: रुसले बुधबार आफ्नो तालिकाअनुसार आणविक अभ्यास गरेको छ।
युक्रेन युद्धलाई लिएर युरोपमा तनाव बढिरहेका बेला यो अभ्यास गरिएको हो।
नेटोले पनि यस्तै वार्षिक अभ्यास सुरु गरेको एक सातापछि रुसले पनि अभ्यास गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने,'हामी योजना अनुसार परमाणु शक्तिलाई प्रशिक्षण दिइरहेका छौँ।'
नेटोले गत हप्ता उत्तरी सागरमा आफ्नो वार्षिक परमाणु अभ्यास पनि सुरु गरेको थियो।
युक्रेन युद्ध अन्त्यका लागि प्रयास सुस्त भएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको शान्ति वार्ता स्थगित गरेका बेला रुसको यो अभ्यास भएको छ।
रुसको रक्षा मन्त्रालयले यी अभ्यासको भिडियो जारी गरेको छ। यसमा जमिन, समुद्र र आकाशबाट क्षेप्यास्त्र प्रक्षेपण गरिएको देखिन्छ।