मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा घाइते भएका उपचारको क्रममा मृत्यु
मोटरसाइकल दुर्घटनामा घाइते भएका उपचारको क्रममा मृत्यु

: काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ।



तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवदीले बताए।


बिहान करिब ३:४५ बजे तार्केश्वर–३ चिसापानीस्थित सडक खण्डअन्तर्गतको तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–०५३ प ९६७९ नम्बरको बाइक अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका चालक पुतुवारको सिटी अस्पताल तार्केश्वरमा उपचारका क्रममा मृत्यु भएको हो।



सोही मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका–३ का २० वर्षीय समिर पुतुवारको हात, खुट्टा, टाउको र छातिमा चोट लागेकाले चिकित्सकको सल्लाहमा थप उपचारका लागि निजलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ...
एमाले महासचिव पोखरेल र काठमाडौंका मेयर बालेनबीच आरोप-प्रत्यारोप
: जेनजी युवाहरूले शुक्रबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । जेनजी युवाहरूबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नर्बिसन खबरदारी गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । शहीद र घाइतेका लागि पनि युवाहरू एकताबद्ध हुनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै उनीहरूले जेनजीको नाम बदनाम गर्ने प्रयास भएकाले सबै युवाहरू सहज हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् ...
: बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडू्ले बताए। उनका अनुसार बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनि हिँडेका बिष्ट आज मृत फेला परेका हुन्। बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले बिष्टको खोजीका ...
: निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटा दल दर्ताको निवेदन आएको र ती दलको कागजात विचाराधीन रहेको आयोगले जनाएको छ। जेनजी आन्दोलनपछि युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ। निर्वाचन घोषणापछि धरान ...